फ्रान्स विश्वकपका लागि छानियो, स्विडेन प्लेअफमा, नेदरल्याण्ड बाहिरियो

Everest Fuji News २०७४ आश्विन २५ मा प्रकाशित       Published at 2017 Oct 11


काठमाडौं । फ्रान्स रुसमा अर्को वर्ष हुने विश्वकप फुटबलमा स्थान सुरक्षित गर्न सफल भएको छ । अन्तिम खेलमा बेलारुसलाई २–१ ले हराउँदै फ्रान्सको टिकट काट्दा नेदरल्याण्डसंग २–० ले पराजित भए पनि स्विडेनले प्लेअफमा बाजी मारेको छ । फ्रान्सलाई जिताउन एन्टोनियो ग्रेजम्यान र ओलिभर जिरुले १–१ गोल हाने । नेदरल्याण्डले स्विडेनलाई कम्तिमा ७ गोलको अन्तरले हराउनु पर्दथ्यो । तर त्यो सम्भावना नभएपछि बाहिरिन पुग्यो । आर्जेन रोबेनले २ गोल गर्दै आफुलाई अब्बल सावित गरे पनि नेदरल्याण्डलाई विश्वकपमा पुर्याउन भने सकेनन् । समुहको अन्तिम खेलमा लग्जेम्बर्ग र बुल्गेरियाले १–१ को बराबरी गरे ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.