एसिसी एसिया यु–१९ पुर्वी क्षेत्र च्याम्पियन बनेको नेपाली टोलीका सदस्य सन्दीप लामिछाने प्रतियोगिताका उत्कृष्ट खेलाडी बनेका छन्।
प्रतियोगितामा सबैभन्दा बढी विकेट टेकरका रुपमा रहँदा सन्दीपले १६ विकेट लिएका थिए। ५ खेलमा २.९३ को औषत र १.४३ को इकोनोमीमा सन्दिपले बलिङ गरेका थिए।
सन्दीपसँगै दोस्रो बढी विकेट टेकरका रुपमा रहेका कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलरको उपाधी हात पारेका छन्। दीपेन्द्रले ५ खेलमा १३ विकेट लिएका थिए। उनको औषत ५.६९ रह्यो भने इकोनोमी २.८४ रह्यो।
प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यानको उपाधि भने सिंगापुरका सिद्धान्तले हात पारे। उनले प्रतियोगितामा ४ खेलबाट १ सय ७३ रन जोडे। उनी पछि नेपालका सन्दिप सुनारले ५ खेलबाट १ सय ४३ रन जोडेका थिए।
आइतबार बिहान भएको फाइनल खेलमा हङकङलाई ५ विकेटले पराजित गर्दै नेपालले प्रतियोगिताको उपाधि उचालेको थियो।