पूर्वी नेपाल विकास सहकार्य केन्द्रद्धारा बाढी प्रभावित चार जिल्लामा सहयोग हस्तान्तरण-

Everest Fuji News २०७४ भदौ २७ मा प्रकाशित       Published at 2017 Sep 12


जापान । जापानबासी पूर्वेलीहरुको सँस्था पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानले एक महिना अघी नेपालमा गएको विनाशकारी वाढी पीडितलाई विभिन्न शिर्षकमा सहयोग रक़म हस्तान्तरण गरेको छ । संस्थाले पटक पटक गरी चार जिल्लामा सहयोग हस्तान्तरण गरेको हो । एउटै संस्थाले चार वटा जिल्लामा विभिन्न शिर्षकमा सहयोग रकम विदेशबाट नेपाल पठाउने शायद कमैले सुन्नु भएको होला ? झन जापानबाट त अहिले सम्म कसैले पनि नसुनेको हुनु पर्छ । यद्दपी अन्य क्षेत्रमा नभै बाढी पीडित समक्ष भर्खरै जन्मेको संस्थाले सहयोग रकम सन्कलीत गरी चार जिल्लामा पठाउनु भनेको चानचुने कुरा होइन , तर यसको प्रमाण जापानमा रहेको पूर्वी नेपाल बिकास सहकार्य केन्द्र जापानले प्रमाणित गरी देखाएको छ । यो रकम न्युन हो तर यसको सहयोग शिर्षक अनुसारको वितरणले पीडितले पक्कै पनि ठुलो राहत महशुस गर्नेछ । टोकियो स्थित शिन ओकुबोमा केन्द्रको निजी सचिवालयमा पत्रकार सम्मेलन गरी जानकारी दिएको उक्त कार्यक्रममा कुल ३ लाख ९० हजार सहयोग रकम उठेको जनाएको छ । सो सँकलित रकम सुन्सरी ,सप्तरी ,मोरङ,र झापा जिल्लामा वितरण गरेको छ । भविस्यमा पश्चिमी क्षेत्रमा पनि सहयोग गर्ने योजना रहेको संस्थाका अध्यक्ष शुभास लोहनीले सम्मेलनमा जानकारी दिदै उहाले सम्पूर्ण सहयोगी दाताहरुलाई धन्यवाद दिनु भयो । संस्थाले सुनसरी जिल्लामा युवा बिकास मन्च, सुन्सरी मार्फत ८० हजार यन , सप्तरी जिल्लाको हेल्प फर डेस्प्रेट एन्ड निडी पिपल मार्फत ७० हजार यन, मोरङ जिल्लाको लागि नारी बिकास मन्च , मोरङ मार्फत ८० हजार यन र झापा जिल्लाको लागि नेपाल रेड्क्रस सोसाइटी मार्फत ८० हजार यन सहयोग रकम हस्तान्तरण गरेको छ । सन्कलित रकम मध्य ३ लाख १० हजार यन सहयोग पठाइ सकेको र अझै ८६ हजार ११ यन बाँकी मौजदात रहेको सम्मेलनमा संस्थाका महासचिव भुवन रोकाले जानकारी दिनु भयो । बाँकी रहेको सहयोग रकम दीर्घकालीन योजना स्वरुप बालबालिकाको शै़क्षिक क्षेत्रमा लगानी गर्ने संस्थाको योजना रहेको छ । यस अभियानमा अध्यक्ष लोहनी, भुपी गोविन्द श्रेष्ठ , भुवन रोका , कुमार कार्की, डिल्लिराम शिवाकोटी, अनिता गुरुङ , जगत बहादुर खड्का ( ज्याक), नरेन्द्र बस्नेत र सरोज भेटवाल सहित १०६ जनाले सहयोग सन्कलनमा प्रत्यक्ष सहयोग पुर्याएका थिए ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.