एनआरएनए जापानको निर्वाचन विवादः सर्वसम्मतलाई मात्र सपथ, इ-भोटिङ छानबिन हुने (पत्रसहित)

Everest Fuji News २०७४ भदौ २५ मा प्रकाशित       Published at 2017 Sep 10


September 10, 2017 टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण रोकिने भएको छ । यही सेप्टेम्बर ३ तारिखका दिन भएको निर्वाचनका क्रममा इ–भोटिङ प्रणालीको चरम दुरुपयोग गरिएको र उम्मेदवार स्वयंको मतदान समेत अर्कैले गरिदिएको भन्दै उजुरी परेको थियो । पराजित उम्मेदवारहरुले आफूहरु लोकतान्त्रिक विधि र प्रक्रियालाई मान्ने तर मतदानको विश्वसनीयतामाथि उठेको प्रश्नको सम्बोधन हुनुपर्ने भन्दै संयुक्त विज्ञप्ति निकालेर विरोध गरेका थिए । उनीहरुले निर्वाचनमा भएको धाँधलीको सत्य तथ्य र निश्पक्ष छानबिनको माग समेत गरेका थिए । एसिया प्यासिफिक क्षेत्रीय संयोजक किरण बिक्रम थापाको पहलमा निर्वाचन समितिले आइतबार हुने भनिएको सपथ ग्रहणमा सर्बसम्मत भएका उम्मेदवारलाई मात्र सहभागी गराउने निर्णय गरेको हो । निर्वाचन प्रक्रियाबाट विजयी भएकाहरुमाथि छानबिन सुरु गर्ने र अन्तिम प्रक्रिया पुरा भएपछि मात्रै उनीहरुको सपथ गराउने निर्णय भएको हो । बैठकमा एसिया प्यासिफिक क्षेत्रीय संयोजक किरण बिक्रम थापा, आईसीसी सदस्य भूषण घिमिरे, निर्वाचन समितिका संयोजक ओम गुरुङ, उम्मेदवारहरु बासुदेब लामिछाने, उत्तमकुमार श्रेष्ठ, राज सापकोटा र कुमार कार्कीको सहभागिता थियो ।    


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.