जापानी जहाजमा पनि चरा ठोकियो, आकस्मिक अवतरण

Everest Fuji News २०७४ भदौ २० मा प्रकाशित       Published at 2017 Sep 05


टोकियो । जापानको एक विमानमा चरा ठोकिएपछि सोही विमानस्थलमा आकस्मिक अवतरण गरेको समाचार छ । उडेको केही मिनेटमै सो विमान अवतरण गरेको थियो । जापानको टोकियोस्थित हानेदा विमानस्थलबाट मङ्गलबार बिहान न्युयोर्कका लागि उडेको सो विमानमा उडेको केही क्षणमै चरा ठोक्किन पुगेको र त्यसका कारण विमानको इन्जिनमा नै असर परेको अनुमान गरिएको छ । हानेदा विमानस्थलबाटै बिहान उडेको बोइङ ७७७ विमानमा चरा ठोक्किएपछि इन्जिनमा असर परेको थियो । सो विमान उक्त विमानस्थलमा आकस्मिक अवतरण गरेको र त्यस क्रममा देब्रे तर्फको इन्जिनबाट धुवाँ पनि निस्किेको बताइएको छ । उक्त एउटा इन्जिनको प्रयोगगरी विमान आकस्मिक रुपम विमानस्थल पुगेको विमानचालक दलका सदस्यले जानकारी दिएका छन् । सो विमानले २५० जना यात्रु बोकेको थियो । जापानको सरकारी टेलिभिजन एनएचकेले दिएको जानकारीअनुसार सो विमानमा रहेका सबै जना चालक दलका सदस्य र यात्रुहरु सकुशल रहेका छन् । कसैलाई पनि चोटपटक नलागेको समाचारहरुमा जनाइएको छ । अहिले नै के कति कारणले इन्जिन फेल भयो भन्ने बारेमा त केही भनिएको छैन । तर पनि विमानमा चरा ठोक्किएको कारण इन्जिनमा असर परेको हुनसक्ने अनुमान गरिएको प्रारम्भिक समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.