प्रेमको लागि दरवार छोड्दै जापानी राजकुमारी

Everest Fuji News २०७४ भदौ २० मा प्रकाशित       Published at 2017 Sep 05


टोकियो –जापानी राजकुमारी माकोले एक सामान्य युवकसँग विवाह गरी शाही सुख भोगलाई तिलान्जली दिने भएकी छिन् । उनले केही वर्ष अगाडी देखि कोमुर नाम गरेका एक युवकसँग प्रेम गर्दै आएकी थिईन् । लामो समय पश्चात्को प्रेमलाई उनले विवाहमा परिणत गर्ने भएकी हुन् । माकोमा हजुरबा अर्थात् सम्राटले उनीहरूको विवाहलाई अनुमती दिएपश्चात् उनले कोमिर सँग विवाह गरी शाही हैसियत गुमाउदै विवाह गर्ने घोषणा गरेकी हुन् । सामान्य युवकसँगको विवाह पश्चात् उनले शाही सदस्यको हैसियत गुमाउने छिन् । आफु कोमुरको सुर्य झैको मुस्कानबाट प्रभावित भएको उनले पत्रकार सम्मेलनमा बताइन् । कोमुरले भने माकोलाई एक चन्द्रमा हुन् भन्दै प्रशंसा गरेका थिए । आफ्नो प्रेमको तुलनामा शाही हैसियत कम मुल्यवान रहेको बताउने उनी भन्छिन् कोमुरसँगको विवाह पश्चात् शाही हैसियत गुम्ने मलाई पहिले नै थाहा थियो । उनले थपिन् उक्त हैसियत गुमाउनु परेकोमा मलाई कुनै पनि पछुतो लाग्ने छैन । उच्च शिक्षाको अध्ययनका क्रममा उनीहरूबीच भएको भेट प्रेममा परिणत भएपछि दुवैले उक्त प्रेमलाई विवाहमा परिणत गर्ने कसम खाएका थिए । उनका प्रेमी एक कानुन व्यवसायी हुन् ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.