एनआरएनए जापानको निर्वाचन आज

Everest Fuji News २०७४ भदौ १७ मा प्रकाशित       Published at 2017 Sep 02


३ सेप्टेम्बर, टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आज (आइतबार) अनलाइन भोटिङमार्फत निर्वाचन हुँदैछ । आठौं महाधिवेशन सकिएको करीव एक महिनापछि हुन लागेको निर्वाचनमा एनआरएनए जापानको आईफोन एप्पवा स्मार्ट फोन तथा कम्प्युटर ब्राउजरमार्फत सजिलै मतदानगर्न सकिने निर्वाचन समितिले जनाएको छ । app.nrnaelection.com मार्फत मतदान गर्ने व्यवस्था मिलाएको निर्वाचन समितिले आइतबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मात्र मतदानको लागि समय निर्धारण गरेको छ । समितिले एउटा IP Adress बाट पाँचजनामतदाताले मात्रमतदानगर्न सक्ने व्यवस्था गरेको छ । एनआरएनए जापानको १३ क्षेत्रमा एकैसाथ हुन लागेको निर्वाचनमा इन्टरनेट वा कम्प्युटर नहुने मतदाताहरुको लागि पनि सबै क्षेत्रमा समितिले कम्प्युटरको व्यवस्था गरेको जनाएको छ । तर क्षेत्रमा राखिएका ती कम्प्युटरबाट भने दिनको १ बजेदेखि मात्र मतदान गर्न सकिनेछ । त्यस्तै समितिले अनलाइन मतदान प्रकृयामा कुनै प्राविधिक समस्या आएमा समाधान गरी पुनःनिर्वाचन गराउने समेत बताएको छ । समितिले उपाध्यक्ष, सचिव, महिला सदस्य र सदस्यपदकालागिनिर्वाचनगर्न लागेको हो ।   यसअघि अध्यक्षमा टासी वाङ्दी लामा, बरिष्ठ उपाध्यक्षमा देविलाल भण्डारी, महिला उपाध्यक्षमा अनिता गुरुङ -लामा), महासचिवमा बुद्धिराज घिमिरे, कोषाध्यक्षमा कालिकाथापा र सह-कोषाध्यक्षमा रामथापा (अनिल) सर्बसम्मत् चयनभइसकेका छन् । बिथोल्ने प्रयास गरे उम्मेदवारी खारेजीसम्मको कारबाही एनआरएनए आईसीसी सदस्य ओम गुरुङको संयोजकत्वमा गठित निर्वाचन समितिले निर्वाचन बिथोल्ने खालको कुनै पनि क्रियाकलाप गर्ने उम्मेदवारको उम्मेदवारी खारेजी गर्ने बताएको छ । निर्वाचन समयावधि भर कुनै पनि उम्मेदवारले क्षेत्रीय निर्वाचन केन्द्र वा सामाजिक सञ्जालमा मतदातामा नकारात्मक प्रभाव पार्ने अभिव्यक्ति समेत राख्न नपाइने कडा व्यवस्था लागू गरेको छ । मतदानको नतिजा सेप्टेम्बर ४ तारिख एनआरएनए जापानको वेबसाइटमार्फत सार्वजनिक गरिने छ । को-को छन् प्रतिष्पर्धामा आइतबार हुने निर्वाचनमा २ जना उपाध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेहरुमा शिवप्रसाद पौडेल, जीवन न्यौपाने, सरोजकुमार खत्री, द्रोणप्रसाद सिलवाल र छत्रबहादुर दाहाल रहेका छन् । सचिवमा जनक विक्रम शाही र बासुदेव लामिछानेबीच प्रतिष्पर्धा हुनेछ । यस्तै एक जना महिला सदस्यका लागि गीता आचार्य (स्मृति), कमला गैरे र सिर्जना पाण्डे गरी ३ जनाले उम्मेदवारी दिएका छन् भने ५ जना सदस्यका लागि २१ जनाको उम्मेदवारी परेको छ । जसमा विक्रम खत्री, बालकृष्ण कंडेल (हिमाल), उत्तमकुमार श्रेष्ठ, नरेन्द्रराज सापकोटा, कुमार कार्की, राजु पनेरु, सुरेश रेग्मी, दयाराम खरेल, नारायण खड्का, डिलाराम गैरे, चेतराम गैरे (चेतन), जगतबहादुर खड्का, दिनेश लोहनी, श्याम कंडेल (गोपाल), हस्त लामा, राजनकुमार पौडेल, अस्मीता लामा (वाइबा), टिकाराम कंडेल, सोमनाथ लम्साल, लालबहादुर रावल, डिल्लीराम शिवाकोटी लगायत छन् ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.