एनआरएनए जापानको महिला उपाध्यक्षमा अनिता गुरुङ सर्वसहमत

Everest Fuji News २०७४ भदौ १६ मा प्रकाशित       Published at 2017 Sep 01


टोकियो,१६ भदौ । गैर-आवसीय नेपाली संघ (एनआरएनए )जापानको २०१७ -०१९ को लागी महिला उपाध्यक्ष पदमा अनिता गुरुङलाई सहमत भएको छ । विहिवार र शुक्रवारको प्रयास पघि अर्का उम्मेद्धार सविता श्रेष्ठले महिला उपाध्यक्षमा सहमति जनाएको छिन् । निर्वाचन कमिटीका अध्यक्ष ओम गुरुङ र निर्वाचित अध्यक्ष टासी लामा लगाएत बसेको छलफलमा श्रेष्ठलाई अर्को सम्मानित स्थानमा राख्नेगरि सहमति भएको जनाएको छ । श्रेष्ठले यसरी सहमति जुटाई सबैलाई धन्यावाद दिनुभएकी छन् । सम्पुर्ण जापानबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा नमस्कार एनआरएनए जापानको २०१७-०१९ को लागी मैंले महिला उपाध्यक्ष पदमा उमेदवारी दिएको तपाईहरू सामु अवगत नै छ र सबै जनाको अत्याधिक सपोर्ट र समर्थन हुँदा हुँदै पनि मुख्य पदमा सहमती भैई निर्विरोध निर्वाचित भएको अबस्थामा मलाई आदर्णिय अग्रजहरू सुझाव र सल्लाहले उक्त पदबाट उमेदवारी फिर्ता लिएको जानकारी गराउदछु र मलाई जिताउन आहोरात्र खट्नु हुने सम्पुर्ण दाजु भाई तथा दिदी बिहिनीहरू प्रति क्षमा प्राथि चाहन्छु । र तपाईहरू दिएको माया र सद्भाव आत्म साथ गर्दै आगमी दिनहरूमा पनि सक्रिय रहि समाज सेवामा निरन्तर लागि रहने प्रतिबद्धता ब्यक्ती गर्दछु । धन्यबाद सबिता श्रेष्ठ


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.