अन्तरराष्ट्रिय नेपाली समाज ( अनेस ) जापानले वाढीपीडितलाई आर्थिक सहयोग

Everest Fuji News २०७४ भदौ १४ मा प्रकाशित       Published at 2017 Aug 30


अगस्त-३०, बुधबार ,जापान । डा . बाबुराम भट्टराईको राजनैतिक नयाँ शक्तिको भात्री संगठन अन्तरराष्ट्रिय नेपाली समाज जापानले नेपालको बाढी पीडितको लागि आर्थिक सहयोग सन्कलन गरी नेपाल पठाएको छ । समाजले नेपालको केन्द्रिय कार्यालयको निजी खाता एभरेष्ट बैंक लिमिटेड , लगनखेल शाखामा पठाएको हो । टोकियोमामा अध्ययनरत युवा विद्यार्थी  प्रकाश श्रेष्ठको पहलमा सन्कलन गरिएको उक्त रकम ८ मान 7 हजार ३ सय अठ्तिस जापानी एन तथा यसको नेपाली रुपान्तर ८० हजार रहेको छ । हिजो मंगलवार पत्रकार प्रेमिला गौचनको रोहवरमा नयाँ शक्तिका प्रकाश श्रेष्ठ, ऋषिराम ढकाल, लिलामणी बगालेले संयुक्त रुपमा टोकियो स्थित शिन ओकुबोमा रहेको क्योदाइ रेमिट्यान्सका कर्मचारी हिमाल गुरुङ्लाई हस्तान्तरण गरेको हो । अन्तरराष्ट्रिय नेपाली समाज ( अनेस) जापानले ले यस अघी पनि बिभिन्न शिर्शकमा आर्थिक सहयोग गर्दै आएको छ ।  


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.