प्रेमिला गौचन , टोकियो, जापान ।
भाद्र -११ , आइतवार , तदनुसार अगस्ट २७ -२०१७

नेपालको पर्यटन प्रबर्द्वन गर्ने उद्देश्यले मनाउदै आएको नेपाल फेस्टिबलमा जापानी सहभागीतामा कमी देखिएको छ , हुन त जापानमा नगन्य रुपमा नेपालीहरुको जनसँख्या बढेकोले पनि हुन सक्छ । तर उद्द्स्य अनुरुप त्यो कार्यक्रम स्थलमा देखिएन । व्यापारका हिसाबले जापानी अवलोकन कर्ता भन्दा नेपाली राम्रा ग्राहक मान्ने जुन मानसिकता छ , त्यो गलत प्रवृति हो । आयोजकले जुन उद्द्स्यले कार्यक्रम गरेको हो , त्यसैलाई नै लक्षित गर्नु पर्ने हुन्छ ।
तर व्यवसायीले आफ्नो स्वार्थ हेर्नु स्वभाविकै देखिन्छ , किन कि उसले एउटा स्टलको लागि ३५ मान र डिपोजिट १५ मान गरी उसले ५० मान जापानी एन ( करिब रु ५ लाख ) शुल्क एन आर एन जापानलाई बुझाउनु पर्ने हुन्छ ।
एक व्यवसायिले नाम नबताउने शर्तमा भने २ दिनको लागि हामीले यती ठुलो रकम बुझाउनु भनेको जुवा खेल्नु नै हो , किनकी त्यो रकम उपलब्ध गर्नको लागि हामीले लागत अनुरुप कम्तीमा पनि २०० मान ( करिब २० लाख ) को व्यापार गर्नु पर्ने हुन्छ । किनकी यसमा कर्मचारी कम्तिमा पनि ४ देखी ८ जना सम्म खटाउनु पर्ने हुन्छ , त्यस्तै सामान ओसार पसार गर्नको लागि पनि त्यतिकै गाडी भाडामा खर्च हुन्छ । तर हामीले यती धन राशी खर्च गरे पछी यो रकमको पार्दर्शिता हुनु पर्छ । " र सही ठाउँमा उपयोग गरिनु पर्छ ।
हुन पनि सबै संघ संस्थाको अगुवा अर्थात साझा नेपालीको संस्था भनेर एन आर एन जापानले आफुलाई परीभाषित गर्दै आएको छ । तर अहिलेको परिस्थितीमा त्यो देखिएको छैन । किनकी भर्खरै नेपालको तराइ डुवानमा पर्दा अन्य संघ संस्थाले पीडित ठाउमा लगेर राहत वितरण गरी सके , तर एन आर एन जापानले बल्ल हिजो स्टल वरिपरी बाढी पीडितको लागि भन्दै केही स्वयम सेवकहरु चन्दा सन्कलन गर्दै थिए ।

किन कि भोजन पनि भोक लागेको बेलामामा मात्रै मिठो हुन्छ । पेट टन्नै भइ सके पछी त ३२ व्यन्जनको के नै अर्थ हुन्छ र ..?
तर यस चन्दा सन्कलनलाई पनि नकारात्मक सोच लिन मिल्दैन , यदी यो पीडित सम्म पुग्छ भने , यसरी ढिला गरी प्राप्त भएका आर्थिक सहयोग पनि पीडितका दैनिकीमा सहयोग पुग्छ ।
समग्रमा राम्रो प्रयास हो , तर विकृतिलाई सुधार गर्दै लैजानु पर्ने मेलामा सहभागीले दर्शाए । मेलाको मुख्य प्रायोजक एन आर एन आई सि सि का उपाध्यक्ष भवन भट्टले गरेका थिए भने आयोजक एन आर एन जापानले गरेको छ।
यस २ दिने मेलामा जापानका परराष्ट्र मन्त्रालयका प्रमुख, जापानका लागि नेपाली राजदूत, जापानको लागि अस्ट्रेलियन दुतावासकी नेपाली मुलकी प्रमुख सहितका व्यक्तित्व हरुले संयुक्त रुपमा पञ्चे बाजाका धुनमा मेलाको उद्धाटन गरेका थिए ।
जापानको टोकियो स्थित प्रसिद्ध उएनो पार्कमा अगस्त २६ र २७ अर्थात शनिवार र आइतवार सार्वजनिक बिदा पारी २ दिने मेलाको आयोजना गरिएको हो । ( photo: source by Birendra Paudel )