कोबेमा एन आर एन कान्साइको तीज कार्यक्रम सम्पन्न

Everest Fuji News २०७४ भदौ ८ मा प्रकाशित       Published at 2017 Aug 24


एन आर एन कान्साइले यही अगस्त २२ तारिकका दिन कान्साइको कोबे स्थित नादाकुमिन सेन्टरमा तीज कार्यक्रम सम्पन्न गरेको छ ।नेपालका चर्चित कलाकारहरु पूर्ण कला बि।सि,रमेश राज भट्टराइ र सरिता गुरुङको धमाकेदार प्रस्तुती रहेको उक्त कार्यक्रममा लोक गीत संगीतको क्षेत्रमा सफलता पछाउदै गरेका कलाकारहरु कुलबिर थापा,दिनेश केसी र सुशिल ज्ञवालीले आ आफ्नो प्रस्तुती राख्नु भएको थियो। महिला हरुको बाक्लो उपस्थिती रहेको सो कार्यक्रममा आफुहरुले एन आर एन कान्साइलाई माइती सम्झेको बताउदै धन्यवाद ब्यक्त गरेका थिय। समाज सेवी तुलसिराम खरेल प्रमुख अतिथी रहनु भएको उक्त कार्यक्रमको सभापती एन आर एन कान्साइका संयोजक भुमिराज दवाडी रहनुभएको थियो संस्था उप संयोजक तथा कार्यक्रमका संयोजक कृष्ण शर्मा गैरेले स्वागत मन्तब्य राख्नु भएको थियो । कान्साइका बिभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको उक्त कार्यक्रम संस्था सचिव बिकास पराजुली र संचारकर्मी पुरुषोत्तम लामिछानेले गर्नु भएको थियो ।कार्यक्रममा एन आर एन कान्साइले कलाकारहरुलाई खदा तथा सम्मान पत्रले सम्मान गरेको थियो ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.