गल्कोट समाज जापानको तिज कार्यक्रम तयारी पुरा-

Everest Fuji News २०७४ भदौ ५ मा प्रकाशित       Published at 2017 Aug 21


नेपाली नारीहरूको महान पर्ब हरितालिका तिज २०१७ को अबसरमा बिगतका बर्षहरू जस्तै यस बर्ष पनि गल्कोट समाज जापानले जापानका बिभिन्न सहर हरूमा तिज बिषेश सागितिक कार्यक्रमको आयोजना गरेको छ, यसै अनुरूप आगमी २३ तारिक बुधबार दिनको तिन बजे देखी गल्कोट समाज क्षेत्रिय समिती टोकियोले टोकियोको इकेगामी खाईकन हलमा भब्य तिज बिषेश सागितिक कार्यक्रम गर्ने भएको छ,बिगतका बर्षहरूमा तामझामका साथ तिज कार्यक्रमको आयोजना गर्ने आयोजक सस्थाहरूले बिभिन्न कारण देखाई कार्यक्रम स्थगित गरेको समचार आईरहेका बेला सामाजिक क्षेत्रमा सकृय र अग्रणी भुमिका निभाउदै आएको गल्कोट समाज जापानले तिर्ब तयारीमा साथ कार्यक्रम आयोजना गरेको छ, हालै नेपालमा बाढी पहिरो बाट बिपतीमा परेका हरूको लागी राहत संकलन गरी हस्तान्तरण गरिसकेको छ , साथै यस कार्यक्रम बाट संकलित रकमबाट कार्यक्रम ख़र्च कटाएर जम्मा हुने सम्पुर्ण रक़म पुन राहत का लागी उपलब्ध गराउने गल्कोट समाज जापान टोकियो कमिटीका अध्यक्ष निम खड्का ले बताउनु भएको छ, कार्यक्रममा उपस्थितीका लागी जापान स्थित संघसंस्थाहरू निमन्त्रणा गरिसकिएको र यसै समचार मार्फत पनि जापान बासी नेपाली दिदीबहिनी तथा दाजुभाईहरूलाई निमन्त्रणा गरिएको र उक्त दिन कार्यक्रम हल सम्मा इकेगामी स्टेसन देखी बिषेश गरी महिला दिदीबहिनीहरूको लागी यातयात ब्यबस्था गरिएको छ, र सम्पुर्ण कार्यक्रमको तयारी पुरा भएको सचिब लक्ष्मण कार्कीले जानकारी गराएका छन्,उक्त कार्यक्रममा नेपास बाट आमान्त्रित गायिका सरिता गुरूङगका साथै जापान रहेर नेपाली सागितिक क्षेत्रमा साधनारत जापान बाहेक अन्य देशहरूमा पनि स्टेज कार्यक्रमका लागी रोजाईका कलाकार लोकप्रिय गायक यव संगीतकार रामकृष्ण बम मल्ल, लोक दोहोरी गायक सुर्य खड्का मोडल तथा गायिका सोना के सी ,लोक गायक मनोज के सी का साथमा जापानको नेपाली समुदाय बिच अत्यन्त लोकप्रिय डि जे जोन छन्त्याल लगायतका कलाकर्मी हरूको प्रस्तुती रहने छन ,,


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.