जापान ।

पछिल्लो समयमा नेपालमा महा-भुकम्प पछिको अर्को ठुलो प्राकृतिक बज्र पातभयो जसले नेपाल र नेपालीलाइ नै अत्यन्त निरास बनायो तराइ डुबायो, धेरै को ज्यान लियो घर बार बिहिन बनायो । मान्छेलाइ आफ्नो जग्गा कहा हो आफ्नो घर कहाँ हो चिन्न नसक्ने गरायो पुरै डुबानमा पर्यो । त्यसको तत्काल गल्कोट समाज जापान ले आफ्ना राहत प्याकेज सहित रौतहट बिकट गाउमा पुगेको छ जहाँ सम्पूर्ण भाग घरबार बिहिन बनाएको थियो बाढीले ।
आपतकालिन रुपमा तत्काल राहत पुराउनु पर्ने आबस्यकता महशुस गर्दै गल्कोट समाज जापानले ५ लाख बराबर को राहत सामाग्री अत्यन्तै बिकट र अन्य राहत नपुगेको स्थान रौतहटको भिठुहवाम वितरण गरेको छ ।

मौषम को प्रतिकुलता र बाटोको अत्यन्त नाजुक अबस्थाका बाबजुत गल्कोट समाज चितवनको ब्यबस्थापन र युवा समाजसेवी तथा नेता दिपेश पुनको पहल अनि सक्रियतामा जापानबाट गल्कोट समाज जापानले पठाएको सहयोग (५ लाख बराबर को ) गल्कोट समाज चितवन र दिपेश पुन लगाएत युवाहरु को प्रत्यक्ष उपस्थितिमा बाड्न सफल भएको समाजका अध्यक्ष नर ब. थापाले जानकारी दिनु भयो ।
यसै गरि यो प्रथम चरणको राहत प्याकेज भएको र गल्कोट समाज जापानले पुन अभियान चलाएर दोस्रो चरणको राहत बारेमा योजना बनाउने महासचिब सम्मर बस्नेतले जानकारी गराउनु भयो ।
https://m.youtube.com/watch?feature=youtu.be&v=81QYqzyAva8