जापान ( टोकियो ) - जापानको टोकियोमा पहिलो पटक तीज गीत प्रतियोगिता हुने भयको छ । प्रतियोगीता यही अगस्त २१ तारीख़ टोकियो रोधी घरमा हुन लागेको हो ।
जापानमा रहेका चर्चित कलाकारका अग्रसरतामा यूनिक मल्टीमीडियाले सो कार्यक्रम आयोजना गर्न लागेको हो ।

सो प्रतियोगितात्मक कार्यक्रम नेपालको राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुने आयोजकले जनायको छ ।
प्रतियोगितामा सहभागिता जनाऊन ४ जनाको टीम उपस्थित हुनु पर्ने छ । प्रतियोगितामा मौलिक तीज गीत प्रस्तुत गर्नु पर्ने आयोजकले जनायको छ ।
प्रतियोगिता साँझ ६ बजेबाट सुरु हुने जनाइएको छ । टीम दर्ताको लागी यही अगस्त २० तारीख़सम्म दर्ता गर्न सकिने जनाइयको छ । विस्तृत जानकारीको लागि:
090-2648-9079 ( दुर्गा बहादुर खत्री )
080-9820-4870 ( सन्तोष चोखाल )
090-5798-7507 ( पवन बोहोरा
070-1318-0987 ( सरोज आचार्य )