पुर्वी नेपाल बिकास सहकार्य केन्द्र द्वारा सहयोग हस्तान्तरण

Everest Fuji News २०७४ भदौ १ मा प्रकाशित       Published at 2017 Aug 17


जापान, टोकियो - हाल नेपालमा प्राकृतिक प्रकोपले देशको बिभिन्न भागमा दिएको पिडाबाट बिचलित नभई सबैले सहानुभूति एबम सद्भाव र सहयोग गर्ने उदेस्यले पुर्वी नेपाल बिकास सहकार्य केन्द्र जापानले सम्पुर्ण जापानबासी नेपालीहरुबाट राहत संकलन गरिरहेको छ। संकलित रकम पिडीत समक्ष पुर्याउने उदेश्यले बाढी पहिरो प्रभावित क्षेत्रहरु (झापा, मोरङ, सुनसरी, सप्तरी लगाएत अन्य प्रभावित जिल्लाहरु) मा स्थानिय प्रतिनिधी लगाएत अन्य ब्यक्तिहरुको प्रतिनिधी टोली तयार गरि अति प्रभावित परिवारहरुको पहिचान गरि सहयोग गर्ने उदेश्य रहे अनुसार संकलित रकम मध्ये पहिलो चरणमा सुनसरीको लागी जापानी ८०,००० एन सिटी एक्सप्रेस मार्फत पठाएको जानकारी केन्द्रका अध्यक्ष सुभास लोहनीले जानकारी दिएका छन। केन्द्रका सल्लाहकार बेद काफ्लेको उपस्थितीमा युवा बिकास मन्च सुनसरीका अध्यक्ष मिलन त्रिताल र स्थानिय प्रतिनिधिहरुको उपस्थितीमा सहयोग समन्धित पिडीतलाई हस्तान्तरण गर्ने कुरा समेत लोहनीले जानकारी दिएका छन्। अन्य जिल्लाहरुमा पनि प्रतिनिधी समुह गठन गरिएको र केही दिन भित्रमा नै सम्पुर्ण रकम पिडीत समक्ष पुर्याउने कुरा केन्द्रका कार्यबाहक सचिव भुवन रोकाले जानकारी दिएका छन्। यो अभियानमा सहयोग गर्नुहुने सम्पुर्ण ब्यक्तित्वहरुलाई धन्यबाद दिदै सहयोग संकलन अभियान केही दिन अझै चल्ने भेएकोले यसमा सहभागी भई राष्ट्रको बिपद कम गर्न रोकाले केन्द्रको तर्फबाट सम्पुर्ण जापानबासी नेपालीहरुलाई आह्वान गरेका छन्। सहयोग गर्न चाहनुहुनेको लागी बिबरण: संस्थाको खाता नन्बर 10110-91399221 ヒガシネパールカイハツキヨウリョクセンターニホン सम्पर्क: सुभास लोहनी: 080-1186-5791 भूपी गोविन्द श्रेष्ठ: 090-1405-3397 भुवन रोका: 080-3443-7303 कुमार कार्की: 080-4736-8173 डिल्लिराम शिवाकोटी: 080-4675-4441 अनिता गुरुङ: 080-4353-2172 जगत बहादुर खडका (ज्याक): 080-6622-1972 नरेन्द्र बस्नेत: 090-9169-8550 सरोज भेटवाल: 080-4155-9586


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.