जापानमा तिज

Everest Fuji News २०७४ श्रावण ३० मा प्रकाशित       Published at 2017 Aug 14


कविकिरण न्यौपाने -नेपाली नारीहरुको महान पर्व तिज नजिकिदै जादा जापानमा विविध तिज कार्यक्रमहरु शुरु हुन थालेको छ । विगतका वर्षहरूमा जस्तै नेपालवाट कलाकार तिजको लागी जापान आउने प्रकृयामा रहेको वताईएको छ । यसपालीको तिजको अवशरमा जापानको मुख्य शहरहरुमा नेपालका कलाकाररुको उपस्थितिमा तिज विषेश कार्यक्रम गरिने तय भैसकेको पत्रकार एवं स्याङ्‌जा समाजका निशान रानाले जानकारी दिए। तिजको आगमन संगै जापान वस्दै आउनु भएकी लोक तथा दोहोरी कलाकार भगवती उप्रेती आफ्ननो व्यस्थता बढेको बताउछिन ।गत वर्षहरू झै यसपालि पनि नेपालीका विभिन्न संघसंस्थाहरूले जापानका टोक्यो , ओसाका , नागोया ,फुकुवाका लगाएतका शहरहरुमा तिज विषेश कार्यक्रम गरिने सार्वजनिक गरिसकेका छन् । इकेबुकुरो समाज , टोक्योको आयोजनामा जिज विषेश कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । जापानको टोयोटामा पनि सगरमाथा महिला समूहको आयोजनामा तिज कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै जापानकै नागोयामा सनिवार तिज कार्यक्रम सम्पन्न भएको छ । दिदि वहिन समूहले आयोजना गरेको उक्त तिज कार्यक्रममा महिलाहरु साडी, चोली र गरगहनामा सजिएर नाचिरहेका देखिन्थे । सहभागी मध्येकी यमु अर्यालले परदेशमा समेत आफ् नो चाडपर्वमा दिदिवहिनी भेला भएर नेपालकै जस्तै तिज मनाउन पाएकोमा खुशी व्यक्त गरिन । परदेशमा समेत नेपाली चाडपर्वमा यस प्रकारका कार्यक्रम यसअघि पनि भएको र पछी पनि आयोजना हुने आयोजक मध्येकी सुनिता अधिकारीले बताईन । नागायामानै एनआरएनए क्षेत्रिय समिति तोकाई होकिरिकु (नागोया ) ले आउदो १५ तारिक तिज विषेश कार्यक्रम आयोजना गर्ने सो अवशरमा उपस्थित सम्पूर्ण महिला दिदिवहिनीहरु लाई निशुल्क दर खुवाईने एनआरएनए नागोया क्षेत्रिय सह - संयोजक दिलिप रानामगरले बताए ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.