
गैरआवासीय नेपाली संघ एनआरएनए जापानको अध्यक्षमा टासी वाङदी लामा सर्वसम्मत अध्यक्षमा चयन भएका छन।
यस्तै महासचिवमा वर्तमान सचिव बुद्धिराज घिमिरे तथा कोषाध्यक्षमा कालिका थापा सर्वसम्मत चयन भएका छन।
अध्यक्षका प्रत्यासी अनुज थापा आईसीसी सदस्य पदमा जान राजी भएपछि टासी लामा आगामी नयाँ कार्यकालका लागि अध्यक्ष चुनिएका हुन।
आईतबार टोकियो निसी ओगिकुवोमा सम्पन्न ८ औँ राष्ट्रिय अधिवेशन समारोहमा एनआरएनए उपाध्यक्ष भवन भट्ट सहित स्थानिय राजनीतिक दल तथा संघसस्थाका प्रतिनिधिहरुको वैठकमा सर्वसम्मत पदाधिकारी चयन गर्ने प्रयास गरिएको थियो।

सो प्रयासमा सवै पदका आकाक्षीहरुसंग सहमतिका लागि आव्हान गरिएको थियो। सोही क्रममा तीन पदमा सर्वसम्मत भएको थियो।
तीन मुख्य पदमा सहमति भएपछि अहिले उपाध्यक्ष सचिव तथा सदस्य पदमा सहमतिको प्रयास भईरहेको छ। भोली सोमबारसम्म सवैपदमा सहमति भएमा भोली नै पदभार हस्तान्तरण हुने बताईएको छ।
सर्वसम्मत चयन भएपछि नेपाल जापान डटकमलाई छोटो प्रतिकृया दिदै सर्वसम्मत चयन भएका अध्यक्ष लामाले जापानवासी नेपालीहरुको हरेक सुखदुखमा साथ दिदै सवैसंघसस्थाहरुसंग हातेमालो गरेर अगाडी वढने प्रतिवद्धता जनाए। आफु भाषणमा भन्दा पनि काममा विश्वास गर्ने भएकाले सवै गैरआवासीय नेपालीहरुका लागि जस्तो सुकै आपतमा सहयोग गर्ने बताए।

यस अघि एनआरएनए जापानको तर्फबाट छ जनाको सख्यामा रहेको आईसीसी पदाधिकारीहरुमा पाँच जनाले मात्र उम्मेदवारी दिएपछि पाँचै जना निर्विरोध भएका थिए । अार्इसीसी तर्फ टंकप्रसाद गैरे, कपिल देव थापा, डिलाराम खरेल, दिनेश गुरुङ र केशर गिरी निर्विरोध भएका थिए।