आज टोकियोमा एनआरएनए जापानको आठौँ अधिवेशन हुदै

Everest Fuji News २०७४ श्रावण २९ मा प्रकाशित       Published at 2017 Aug 13


टोकियाे निसी-ओगिकुवो स्टेशनबाट पुगिने निशिगी चिईकी कुमिन सेन्टरमा हुने अधिवेशनको उदघाटन जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले गर्नु हुनेछ। भने समारोहमा एनआरएनए आईसीसी उपाध्यक्ष भवन भट्ट, एनआरएनए आईसीसी एसिया प्यासिफिक संयोजक किरण विक्रम थापा सहित एनआरएनए आईसीसी पूर्व अध्यक्ष देवमान हिराचनको समेत विशेष उपस्थिति रहने छ। आईतबार मध्यान्ह १२ बजेबाट सुरु हुने समुदघाटन समारोह पश्चात कार्यक्रमलाई औपचारिक रुपमा अघि बढाईने छ। समारोहमा एनआरएनए जापानका संस्थापक अध्यक्ष देखी पूर्व अध्यक्ष, संरक्षक तथा विभिन्न संघसस्थाका प्रतिनिधिहरुले सभालाई विशेष सम्वोधन गर्ने कार्यक्रम रहेको छ। अधिवेशनका लागि टोकियोमा एनआरएनए जापानका १३ वटै क्षेत्रका क्षेत्रिय संयोजक देखि अन्य विशिष्ट पदाधिकारीहरुको समेत सहभागिता हुने निश्चित भएको छ। आठौँ राष्ट्रिय अधिवेशन तथा बृहत सास्कृतिक कार्यक्रम नाम दिएको कार्यक्रमलाई अधिवेशन उदघाटन, बन्द सत्र र विभिन्न क्षेत्रका जापानमा रहेका स्थानिय कलाकारहरुको सहभागितामा वेजोड मनोरंजनात्मक प्रस्तुति पस्कने तयारी गरिएको गरिएको एनआरएनए जापानका अध्यक्ष सुदन थापाले जानकारी दिनुभयो। कार्यक्रमलाई सव्य र भव्य बनाउन जापानमा क्रियाशिल सम्पूर्ण संघसंस्थाका पदाधिकारी सहित जापानवासी नेपाली सम्पूर्ण दाजुभाई दिदिबहिनी तथा अग्रजहरुमा सहभागिताका लागि अध्यक्ष थापाले अपिल गर्नुभएको छ। अधिवेशन स्थान: सुिगनामी कु माेमाेर्इ ४-३-२ मा हुनेछ ।  


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.