बिहुकोट समाज ओशाकाले निशुल्कमा तीजको दर खुवाउने -

Everest Fuji News २०७४ श्रावण २७ मा प्रकाशित       Published at 2017 Aug 11


ओसाकामा बिहुकोट समाजको निसुल्क तिज कार्यक्रम नेपाली महिला हरुको महान चाड हरितलिका तीजको अबसर पारेर बिहुकोट समाज कान्साइले आगामी अगस्ट १७ तरिक ओसकामा निसुल्क दर खुवाउने कार्यक्रम सहित बिभिद संगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ । ओसाकाको चुकामोतो स्थित कल्पना ईन्डियन तथा नेपाली रेस्टुरेन्टमा बेलुकी ७:३० देखी बिहान् ०६:०० बजेसम्म सन्चालन हुने उक्त कार्यक्रममा महिला पुरुष सबैका लागि प्रबेस तथा दर निसुल्क गरिएको आयोजकले जानकारी दिएको छ । पछिल्लो समय आम्दानीको श्रोत सम्झिएर चर्को सुल्क निर्धारण गरि कार्यक्रम आयोजना गर्न थालिएको भए पनि नेपाली महिलाहरुको महान पर्वमा आफुहरु लाइ त्यसो गर्न उपयुक्त नलागेकोले सम्पूर्ण चेलीबेटी हरुलाई निशुल्क गर्ने निर्णय गरिएको कोषाध्यक्ष प्रेम कंडेल ले जानकारी गराउनु भयो. कार्यक्रमको आकर्षण मा पछिल्लो समयका चर्चित लोकदोहोरी गायक सुर्य खड्काको साथमा अन्य कलाकारहरुको पनि आकर्षण रहने छ। कार्यक्रमको आयोजक बिहुकोट समाज भएपनि सम्पूर्ण कान्साई बासीहरुले आफ्नै कार्यक्रम सम्झेर उपस्थित हुनको लागि आयोजकले जानकारी गराएको छ..। टोकियोमा पनि - टोकियो स्थित , शिन्जुकु कु को ताकादानोबाबामा पनि बिहुकोट समाजले तीज कार्यक्रम राखेको छ । स्थान : ताकादानोबाबा स्टेसन बाट २ मिनेट समय: ८/२३ तारिक २ बजे बाट ११ बजे सम्म


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.