
गफ हाेर्इन काम गरेर देखाउने भन्दै रेष्टुरेन्ट व्यवसायी कुमार कार्कीले एनअारएनए जापानकाे सदस्य पदमा उम्मेद्वारी घाेषणा गरेका छन् । उनले कवितात्मक रचना मार्फत– ब्यस्त देशमा हाल ब्यस्तताको बाबजुद समाज सेवामा समर्पित मेरो भावना, एनआरएनएमा गएर या नगएर भएपनि समाज सेवा गर्ने मेरो चाहना, भनेर अाफ्नाे सक्रियता र जिम्मेवारी दर्शाएका छन् ।
कार्कीले अन्य उम्मेद्वारहरुको घोषणा पत्र आफुले अध्ययन गरेको उल्लेख गर्दै लामो लामो पत्रमा उल्लेख गरिएका कम्तिमा दश प्रतिशत काम गरेर देखाउन पनि चुनौती दिएका छन् । उनले यो चुनावमा आफ्नो घोषणा पत्र र कुनै नारा नभए पनि चुनाव जितेपछि काम गरेर सबैको प्रशंसाको पात्र बनेर देखाईदिने उल्लेख गरेका छन् ।
कुमार कार्कीकाे कवितात्मक घाेषणापत्र:
सम्पूर्ण जापानबसी दाजु भाई दिदी बहिनी बुवा आमामा नमस्कार !!
तपाईं हरुलाई मेरो घोषणा पत्र पढेर अचम्म लाग्ला वास्तविक मैले अहिले सम्म देखेको कुरा समेटेर लेखेको छु। घोषणा पत्रमा होइन काममा विश्वास गरौ !!
आशा छ यहाँहरुले आमूल्य मत दिएर बिजयी गराउनुहुने छ !!
हार भएमा सहर्स स्विकारी अझ सशक्त रुपमा सामाजिक सेवामा लागेर यहाँहरुलाई गरेर देखाउनेछु !!
ब्यस्त देशमा हाल ब्यस्तताको बाबजुत समाजसेवामा समर्पित मेरो भावना !!
एनअारएनएमा गएर या नगएर भएपनि समाजसेवा गर्ने मेरो चाहना !!!
सबैको ५-१२-१५-२१ बुँदे चुनावी घोषणा पत्र देखियो !!
नारामा मात्र सिमित काम चै १०% पनि खेसियो !!!
छैनन कुनै नारा छैनन कुनै घोषणापत्र !!
सकेको सेवा गर्नेछु पार्ने छैन कसैलाई अलपत्र !!!
छैनन सारा जापानबासी नेपालीहरु एनअारएनए प्रती ढुक्क !!
आँट गर्दैनन कसैले आवाज उठाउन नमानेर सुख्ख !!!
चाकरीचाप्लुसी टिके प्रथाको गरौ अन्त्य !!
त्यसो पनि होइन भने सबैको काम, ब्यापार छ्दै छन्त !!!
जय आत्मस्वाभिमान !!!
जय एनअारएनए अभियान !!!