
जापान बासी नेपालीहरु माझ चिर परिचित महिला नेत्री स्मृति आचार्यले एन आर एन जापानको केन्द्रिय सदस्यमा उम्मेदवारी दिएकी छिन ।
जापानमा विभिन्न सामाजिक कृयाकलापमा अग्रसर हुँदै जापानबासी नेपालीहरु प्रती उनी स्थापित भइ सकेकी छिन ।
उनले जापानबासी नेपाली दाजु भाई दिदी बहिनी हरुले पक्कै पनि अहिले सम्म समाजमा मेरो सकृयातालाई मुल्याङ्कन गर्दै माया गर्नु हुनेछ भन्दै आचार्यले सबैलाई मत दिनको लागि अनुरोध गरेकी छिन ।
उनले जापानमा गरेका कृयाकलाप र प्रतिबद्दता पनि पेश गरेकि छिन । यस्तो छ, उनको कृयाकलाप र प्रतिबद्दता :
"सानै उमेर देखि सामाजिक कार्यको लागि जस्तोसुकै परिस्थितिमा पनि अघि बढ्न मन लाग्ने मेरो चाहना यो बिदेशी भुमि जापानमा आएर पनि रोकिएन I समय र कार्यतालिकाले भ्याय सम्म विभिन्न संघ सस्था संग हातेमालो गर्दै नजानेको कुरा सिक्दै सामाजिक सस्थामा समर्पित भए I जापानमा जिल्लाबासी एक हुनुपर्छ भन्दै म भन्दा सिनियरहरु संग मिलेर रुपन्देही समाजको निर्माण गर्यो र अहिले म रुपन्देही समाजको कोषाध्क्ष पदमा छु I बिदेशमा रहे पनि हामी महिला एक हुनुपर्छ भन्ने चाहनालाई मध्य नजर गर्दै जापानमा महिलाहरुको समुह ( म नेपाली ग्रुप जापान )को निर्माण गर्यो र जापानमा बिभिन्न कार्यक्रम गरि संकलन रकम नेपालमा बिशेष गरि महिलाहरुको हक र हितको लागि सहयोग गर्दै आएको कुरा सर्बबिधित नै छ र भबिस्यमा पनि महिलाहरुको हक हितको लागि सहयोग गर्ने दृढ अठोटका साथ म नेपाली समुह जापानको संयोजकको रुपमा सामाजिक कार्यलाई निरन्तरता दिदै अगाडी बढिरहेकी छु I
बिना स्वार्थ नितान्त सामाजिक कार्यमा रमाउने चाहना अनुरुप अझ सामाजिक कार्यलाई थप ससक्त गर्दै लैजाने, आफ्नो अनुभबलाइ प्रयोग गर्दै लैजाने र सामाजिक कार्यको दायरा अझै फराकिलो पार्नको निम्ति नजिकिदै गइरहेको NRNA जापानको आठौ अधिबेशनमा केन्द्रिय कार्य समिति महिला सदस्य पदमा उमेद्वारी दिएकी छु I NRNA जापानको आठौ अधिबेशनमा २०१७ – २०१९ का लागि मलाइ भोट हाली सहयोग गरिदिनुहुन जापानबासी समुर्ण आमा बुवा, दाजुभाई दिदीबैनी र मेरो प्रिय साथीहरुलाई हार्दिक अनुरोध गर्दछु I"
मेरो प्रतिबद्दता
बिबादमुक्त कार्यशैली र इमानदारको कार्यनीतिलाई सधै आत्मासाथ गर्दै अहिले सम्म यो स्थानमा आइपुगेकी छु I सधै हाम्रोलाइ भन्दा पनि राम्रोलाइ साथ् दिनु पर्छ भन्ने मान्यता राखेकी छु र भविष्यमा पनि अग्रजहरुको सल्लाहमा हिड्ने र आफु भन्दा जुनियरहरुलाई सिकाउने, समाजमा हुने हरेक बाधाहरुलाई सहज र सरल तरीकाले फुकाउन कट्टीबद्द भएर लागीपर्ने छु I म स्वयम् महिला भएको हुनाले नारि हिँसाको बिरुद्द खरो रुपमा उत्रने छु र जापानमा हुने महिलाहरुको समस्याहरुलाई म भन्दा समाजमा योगदान दिनु भएका अग्रज महिला दिदीबहिनीहरु संग हातेमालो र सहकार्य गर्दै समस्याको समाधान गर्नमा लागीपर्ने विस्वास दिलाउन चाहन्छु I
२ बर्षे कार्यकालमा म आफ्नो समयले भ्याएसम्म एन आर एनमा समर्पित हुने छु र मैले गर्न मिल्ने र गर्नु पर्ने काम पूर्ण जिम्मेवारीका साथ् गर्ने छु I
स्मृति आचार्य(गीता)