जापानको कोवेमा गोर्खा घर भएका नेपाली विद्यार्थीको मूत्यु

Everest Fuji News २०७४ श्रावण २४ मा प्रकाशित       Published at 2017 Aug 08


जापानको कोवेमा गोर्खा घर भएका नेपाली विद्यार्थीको मूत्यु भएको छ । गोरखा जिल्ला गण्डकी गाउँपालिका-७ ध्याल्चोक चुर्लिङका २६ वर्षीय डम्बरबहादुर गुरुङको मंगलवार विहान उपचारको क्रममा मूत्यु भएको हो । हिजो राति कामबाट आई सुतेका गुरुङ मंगलवार विहान चिच्उदै बेहोस भएपछि सगै बस्ने उनका साथिहरुले उनलाई विहान उपचारको लागि हस्पिटल लगेका थिए । कोवेको कोवे च्उओ हस्पिटलका डाक्टरहरुले विहान ९ बजे गुरुङको मुत्यु भएको जानकारी दिएपनि मुत्युको कारण भने बाहिरा आएको छैन । दुई वर्ष अधि जापानमा अध्ययनको लागि आएको गुरुङ अहिले सेनमन विद्यालयमा अध्ययनरत थिए । मुत्युको खबर गुरुङको परिवारलाई जानकारी दिएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.