एनआरएन कान्साइको सन्योजकको जवाफ कस्ले दिने ..??

Everest Fuji News २०७४ श्रावण २४ मा प्रकाशित       Published at 2017 Aug 08


यसको जवाफ कसले दिने ? एन आर एन कान्साइका संयोजक भुमिराज दवाडिले एन आर एन जापानको आगामी कार्यकाल २०१७-२०१९ का लागि हुन गैरहेको चुनावको तयारीको बारेमा स्पष्ट पार्न बर्तमान कार्यसमितीलाई अनुरोध गर्नुभएको छ ।चुनाबको मिती नजिकिदै गर्दा यस पटक प्रयोग गर्न लागिएको ई-भोटिन्गको बारेमा मतदातालाई समयमानै जानकारी नगराएकोमा असन्तुष्टि जानाउदै केन्द्र सँग बिभिन्न जिज्ञासा राख्नु भएको छ।एन आर एन कान्साइ संयोजक भुमिरज दवाडीले पठाउनु भएको पत्र जस्ताको तस्तै यस् प्रकार छ । एनआरएनए जापान अभियन्ता ज्यूहरू , एनआरएनए जापान निर्वाचनको पुर्वसन्ध्यामा छ । टेक्नोलोजीलाई प्रयोग गरेर ई-भोटिन्गको प्रयोग गर्न खोजिदैछ जुन स्वागतयोग छ । तर केहि कुरा रहस्यमय छ । यसको जवाफ कसले दिने ? १) एघार हजार मतदाता हुदा निर्वाचनको १ महिना अघिमात्र निर्वाचन समिति तोक्नुको रहस्य के हो ? किन यति ढिला समिति बनाईयो ? २) फर्म भर्दाखेरि बनाईयको डाटाबेसको आधारमा चुनाब गर्न खोजियको हो भने निर्वाचन मण्डल देखावटि आधिकारिकता दिनको लागि मात्र गठन गरियको हो ? ३) काहि कतैबाट जाईरियू कार्ड मात्र बटुलेर भरियको फर्महरू ( जुन सम्बन्धित ब्यक्तिलाई थाहा नहुन पनि सक्छ ) बाट अरूले मताधिकार दुरूपयोग गर्दैन भन्ने आधार के हो ? ४) यस्तो सम्बेदनशिल बिषयमा क्षेत्रिय कोअर्डिनेटर संग राय सुझाब लिन किन हिचकिच गरेको ? के क्षेत्रको मान्छेलेचै मताधिकार प्रयोग नगर्ने हुन र ? ५) निर्वाचन हो स्वच्छ , धाधलिरहित प्रजातान्त्रिक पद्दतिबाट होस र हुनु पर्छ भन्ने हाम्रो चाहाना हो । त्यसैले निर्वाचन कमिटि र केन्दि्य ब्यक्तिगरू ( बिषेस गरि अध्यक्ष ) ले यो बिषयमा कुनै चनाखो नगरि यथाशिघ्र मतदातालाई आस्वस्थ पार्नु पर्छ । होईन भने निर्वाचन औचित्य र अर्थहिन हुन सक्छ । क्षेत्रिय संयोजकको हैसियतले मलाई कौतुहलता भयको र क्षेत्रका मतदाता पुर्ण अनबिज्ञ रहेकोले स्पस्ट पारियोस । क्षेत्रका मानिसहरू चुनाबमा भोटहाल्ने मेसिन मात्र होईनन हरेक महत्वपूर्ण निति निर्माण गर्दै समाबेस गराईयोस । भुमिराज दवाडी संयोजक एन आर एन कान्साइ


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.