एनआरएन जापानको केन्द्रिय सदस्यमा दयाराम खरेलद्वारा ऊम्मेदवारी

Everest Fuji News २०७४ श्रावण २१ मा प्रकाशित       Published at 2017 Aug 05


यतीबेला जापान मा गैरआवासीय नेपाली संघ को अधीबेसन ले ताप दिईरहेको छ। यसैबिच मा १३ वटै क्षेत्र का अधिबेसन सम्पन्न भैसके पछी केन्द्रको अधीबेसन को लागि उमेदवारी दौडधुप सुरु भएको छ। जापानमा समाजसेवामा निरन्तर सुनिने एक चिरपरीचित नाम हो दयाराम खरेल। १० बर्ष पहिले कुक भिजामा जापान आएका दया बिभीन्न संस्थाहरुमा आबध्द हुदै ,गैरआवासीय नेपाली संघको क्षेत्रीय समितीमा पनि बसेर काम गरेका सामाजीक अनुभवहरु बटुल्दै आगामी २०१७ -२०१९ को लागि केन्द्रीय सदस्यमा उमेदवार बन्ने निश्चीत भएको छ। नाममा जस्तै मनमा पनि दया भएका खरेलले आफु लिन हैन दिनको लागि उमेदवार बन्न लागेको बिगतमा कती दिएको छु भन्ने कुराको तपाईहरुनै मुल्याङ्कन गर्नुहोला भन्दै उमेदवारको रुपमा प्रस्तुत हुनुभएको छ। खरेल हाल गुल्मी समाज का कोषाध्यक्ष ,दिबरुङ समाज का कोषाध्यक्ष र जनसम्पर्क समिती जापान किता कान्तो का संयोजक हुनुहुन्छ। २०१५ -२०१७ मा गैरआवासीय नेपाली संघ तोचीगी क्षेत्रको कार्यसमिती मा हुनुहुन्थ्यो। जापानमा चर्चाका उमेदवार खरेल समाजसेवामा चिरपरीचित नाम भएकोले नतिजा उँहाको पक्षमा आउने अनुमान जापानबासी नेपालीहरुले लगाएका छन्। उमेदवारी घोषणाको पाठ जस्ताको तस्तै। : �सम्पुर्ण जपान बासी दाजुभाई दिदी बहिनी भाईबैनी छोरा बुहारी सबै सबै मा हार्दीक नमस्कार � यती बेला यो जापान एकातिर बिभीन्न घटनाहरु ले दुखद अवस्थामा छ भने अर्कातिर यिनै दुख का बिच मा दुख लाई सुखमा बदल्न सहयोग पुराउने संस्था, गैरआवासीय नेपाली संघको अधीबेसनको नजिक नजिक छ। � गैरआवाशीय नेपाली संघको काम कर्तब्य प्रतक्ष अप्रतक्ष जानकारी लिदै दिदै बिगत १० बर्ष देखी जापान को भोगाईहरु , अनुभवहरु बटुल्दै आजका दिनसम्म आईपुग्दा। बिभीन्न संस्थाहरुमा बसेर काम गर्ने मौका दिनुहुने जापान बासी सबैसबै मा हार्दीक नमन गर्दछु । बितेको दशकमा मैले नेपाल र नेपालीको हितमा के कती काम गरे त्यो तपाईहरु नै जानकार हुनुहुन्छ। � मैले यसो गरे र उसो गरे भनेर यहाँ लेख्नु भन्दा पनि यसको मुल्याङ्कन तपाईहरुले आउदो अधीबेसनबाट गर्नुहुनेछ भन्ने अपेक्षा गर्न चाहान्छु। मैले के गरे र भोली गर्न सक्छु सक्दीन त्यसको जवाफ तपाईहरुले अवश्य पनि दिनुहुनेछ। ७० हजारभन्दा बढी नेपाली रहेको यो जापान कती संभवानाहरुको देश हो ? �कती पाईरहेका छौ कती गुमाईरहेका छौ ७० हजारको नेत्रित्व कस्तो हुनुपर्छ यो पनि तपाई कै हात मा छ। आश्वासनको जालो मा पर्ने कि तपाई हाम्रो राम्रो नेत्रित्व चयन गर्ने त्यो अब सोच्ने दिन आईसकेको जस्तो मलाई लागेको छ। त्यसैले म तपाहरुमा कुनै आश्वासन बाडेर हैन यदी हिजोका दिनमा जे जती गर्न सके निरन्तरता दिदै भोलीका दिनमा अझै बढी समाज देश र देश का जनता कै निम्ती समय खर्चीने बिश्वास दिलाउदै तपाईहरुकै हातमा सबैथोक सुम्पिदै गैरआवाशीय नेपाली संघ जापानको आगामी २०१७ -२०१९ को लागि तपाईहरुकै सुझाब समेटेर आउने तयारीमा छु। �बाकी तपाई को ईच्छा र माया .......,., (मलाई केही लिनु छैन धेरै दिनु छ) �दयाराम खरेल केन्द्रीय सदस्य उमेदवार गैरआवाशीय नेपाली सँघ जापान


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.