एनआरएन जापानका अगुवाहरु किन मौन छन..??

Everest Fuji News २०७४ श्रावण २० मा प्रकाशित       Published at 2017 Aug 04


महेश कुमार कटुवाल , जापान । यतिखेर संसार भर छरिएर रहेका नेपालीहरु माँझ हरेक दुइ बर्षमा एक पटक हुने एन.आर.एन.ए को चुनाबी चटारो बढेको छ, चुनाबी चटारो बढे संगै कतिपय देशहरुले आफ्नो राष्ट्रिय समन्वय समितिको निर्बाचन पनि सकिसकेको छ भने एन.आर.एन जापान पनि आफ्नो क्षेत्रीय समितिहरुको निर्बाचन सकी केन्द्रिय निर्बाचनको माहोलमा होमिन पुगेको छ, चुनाबी माहोलमा होमिदै गर्दा आगामी कार्यकालको लागि केहि आकांक्षी हरु आफ्नो आफ्नो पक्षका मनिश हरु जम्मा गर्दै सामाजिक संजाल मार्फत प्रचार प्रसारमा लागेका छन्। संसारभरको एन.आर.एन हरुमा हरेक हिसाबले आफ्नो शसक्त भूमिका प्रस्तुत गर्दै आएको एन.आर.एन जापानको गरिमा लाइ कायम राख्दै अझै उचाईमा लिएर जनाको लागि केहि नया केहि पुराना आकांक्षी हरु देखिए पनि अधिकांश मानिसहरु बिस्वस्त हुन नसकिरहेको अवस्था छ। पछिल्लो समय आफ्नो आफ्नो अलग छबि बनाएर जनचाहनाको आसाको केन्द्रमा रहेका केहि व्यक्तिहरु जसलाई धेरै मानिसहरुले एन.आर.एन जापानको नेत्रित्वो गरेको देख्न चाहन्छन तर पनि वहाहरु आउन खोजिरहनु भएको छैन किन होला भन्ने पनि कति पयको चासो को बिषय बनेको छ। जापानको नेपाली समाजमा जनमानसको ठुलो आस्था भएका तर आफु हरु स्वयम् नेत्रित्वोको लागि नतात्नु भएका केहि हस्ती हरुको बारेमा थोरै लेख्ने अनुमति चाहन्छु। १. महेश कुमार श्रेष्ठ:- जापानको टोक्यो मा लामो समयदेखि ब्यबसाय गर्दै आउनु भएका बौद्धिक ब्यक्तित्वो का धनि मिजासिलो स्वभाबका महेश श्रेष्ठ कुनै समयको एन.आर.एन जापानको अध्यक्ष को लागि भबन भट्ट का प्रतिस्पर्धी हुन् ,पदिय लडाई भन्दा टाढा बशेर एन.आर.एन अभियानमा लामो समय र योगदान खर्चिसक्नु भएका श्रेष्ठ भोलिको दिनमा जापान बाट आइ.सी.सी अध्यक्षको नेत्रित्वो को दाबेदारी गर्न सक्ने क्षेमता र कौसलता भएका ब्यक्तित्वोमा पनि पर्ने भएकोले यसपालिको एन.आर.एन जापान को नेत्रित्वो श्रेष्ट जस्ता व्यक्तिले सम्हाल्नु पर्छ भन्ने पनि कति पयको विचार आएको छ भने भबन भट्ट आफु आइ.सी.सी अध्यक्ष को दाबेदारी गर्दै गरेको अबस्थामा आफ्नो देशको नेत्रित्वो मा श्रेष्ठ जस्तो ब्यक्तित्वो पाउनु भट्टको लागि पनि अत्यन्त राम्रो हुने बुझ्नमा आएको छ यद्दपी सम्बन्धित व्यक्तिको हाल सम्म आधिकारिक केहि खुलेको देख्न सकिएको छैन। २. सरद गौचन:- जापानको टोक्योमा लामो समयदेखि जापानी कम्पनीमा  गर्दै आउनु भएका बौद्धिक ब्यक्तित्वो का धनि मृदुभासी स्वभाबका गौचन एन.आर.एन जापानको नेत्रित्वो को लागि अर्का रुचाइएका व्यक्तिमा पर्छन. गौचन ले हाल सम्म गरेको संस्था प्रतिको योगदान,उनको क्षेमता,विभिन्न संघ संस्थामा रहेर गरेको उदाहरनिय कार्य,नेपालमा भुकम्प गएको बेला उनको नेत्रित्वोमा गठन भएको जापान ब्यापी सहयोग समिति र त्यसले गरेको उदाहरनिय कार्य र एन.आर.एन जापानको सम्रिदी को लागि साथै नेपाल जापनको लागि उनले गरेको कार्य हरु र त्यसको मुल्यांकन गर्दा धेरै अगाडी देखि एन.आर.एन जापानको बागडोर सम्हाल्नु पर्ने भन्ने जन आवाज हुदा हुदै पनि गौचन सक्रिय तहमा देखिन चाहेका छैनन्।   ३. जिज्ञान कुमार थापा:-जापानको टोक्यो नजिकै खानागावा क्षेत्रमा लामो समय देखि रहेर प्राध्यापन,जापान का बिभिन्न संचार माध्यम हरु मार्फत आफ्नो कार्य कुसलता, जापान सरकार नेपाल सरकार,नेपाली राजदुताबास लगायत संग नजिक रहेर कार्य गर्दै आउनु भएका थापा अर्का आसलाग्दा बौदिक ब्यक्तित्वो हुनु हुन्छ,स्थापना काल देखि नै एन.आर.एन जापानको बिभिन्न बिभागमा रहेर कार्य गर्दै आउनु भएका थापा पनि एन.आर.एन को साख लाइ जोगाउदै सबल र सुद्रीढ एन.आर.एन जापानको लागि आबस्यक ब्यक्तित्वो भएको र यस्ता व्यक्ति हरु पनि नेत्रित्वो को लागि आउनु पर्ने धेरैको चर्चा को बिसय बनेको छ यद्दपि थापा आफुले तत्काल यस बिसयमा केहि नसोचेको भनेर केहि समय अगाडी आफ्नो फेसबुक वाल बाट पनि प्रस्ट पारिसक्नु भएको छ।   ४. नरेन्द्र बस्नेत (दिनेश):- जापानको ओसाकामा लामो समय देखि रहेर आफ्नो कार्य गर्दै आउनु भएका बौद्धिक ब्यक्तित्वो का धनि मिजासिलो स्वभाबका र एन.आर.एन अभियानमा स्पस्ट र कडा बक्ता को रुपमा परिचित बस्नेत एन.आर.एन जापान अन्तर्गत एन.आर.एन कान्साई क्षेत्रीय समितिको संस्थापन जिम्मेवारी देखि लिएर एन.आर.एन कान्साइको संयोजक हुदै विभिन्न विधामा रहेर आफ्नो कौसलता प्रस्तुत गरि सक्नु भएका निडर,स्पस्ट बक्तामा पर्नु हुन्छ। एन.आर.एन जापानको इतिहासमा अत्यधिक कठिन परिस्थिति को बाबजुद लगभग असम्भब नै भैसकेको एन.आर.एन जापानको अधिबेसन टोक्यो भन्दा बाहिर पहिलो पटक ओसाकामा गरेर अत्यन्त सौहाद्र पूर्ण वाताबरणमा सम्पन्न गरि दुर्घटना तिर धकेलिएको एन.आर.एन जापान लाइ जोगाऊदै राम्रो गति दिन सफल बस्नेत एन.आर.एन जापानको विभिन्न कार्यसमिति र विधामा रही आफ्नो कार्यकौशलता प्रस्तुत गरिसक्नु भएको छ,भुकम्प ताका वहाले कान्साई बाट नेत्रित्वो गरेको टोलीले जापान भरकै क्षेत्रीय समिति हरु लाइ प्रेरणा दाई भूमिका खेल्दै अत्यधिक रकम उठाएर केन्द्रिय समिति मार्फत भुकम्प कोषलाई दिनु को साथै एन.आर.एन कान्साई बाट पनि नेपालको भुकम्प पिडित क्षेत्रको बिद्यालय निर्माणमा सहयोग पुर्याएको थियो। एन.आर.एन अभियानको क्षेत्रीय,केन्द्रिय अथवा अन्तरास्ट्रिय जुन सुकै ठाउमा पनि संस्थाको अहित हुने खालका निर्णय अथवा कार्यहरु गरिएको या गर्न लागेको पाएमा सबै भन्दा पहिले तत्कालिन कदम चाली त्यसलाई सुधार गर्न निस्वार्थ कुरा उठाउने र एन.आर.एन जापान कुनै जात जति पार्टी समाज बिशेष को नभएर सम्पूर्ण नेपाली हरु ले गर्ब गरि लाग्न सक्ने संस्था हुनु पर्छ भनि निरन्तर आफ्नो आवाज बुलन्द गर्दै आउनु भएका बस्नेत लाइ पनि नेत्रित्वो मा हेर्न धेरै ले चाहेको बुझ्न मा आएको छ। जापान बासि नेपाली हरुले अत्यधिक रुपमा नेत्रित्वोमा हेर्न चाहेका यिनी ब्यक्तित्वो हरु आफु हरु भने नेत्रित्वो लीने बिसयमा त्यति उत्सुक या जागरुक नदेखिएको पछिल्लो समयको गतिबिधि हरुले देखाएको छ। जे होस् यी र यस्ता धेरै हस्ती हरु हुनु हुन्छ होला र त्यस्ता खालका सबै प्रतिभा हरु आउने र आउन मिल्दो जुल्दो खालको वाताबरण सिर्जना गर्दै समृद्द समाज निर्माणमा सम्पूर्ण नेपाली हरुलाई प्रेरित गर्दै अगाडी बढ्ने चुनौती पूर्ण जिम्मेवारी अब आउने कार्यसमिति लाइ थपिने छ. चुनाबी मैदान मा उत्रनु भएका सम्पूर्ण लाइ अग्रिम बधाई को साथमा सम्पूर्ण नेपाली हरुले गर्ब गरेर लाग्ने सक्ने संस्था बनाउन निस्वार्थ रुपले लग्नु हुनेछ भन्ने कामना गर्दछु। धन्यवाद|  


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.