एनआरएनए जापानको महिला उपाध्यक्षमा सविता श्रेष्ठले गरिन् उम्मेदवारी घोषणा

Everest Fuji News २०७४ श्रावण ११ मा प्रकाशित       Published at 2017 Jul 26


टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अधिवेशनको मिति नजिक्किएसँगै नेतृत्वका आकांक्षीहरुले उम्मेदवारी घोषणा गर्न थालेका छन् । एनआरएनए जापानको आगामी कार्यकालका लागि उम्मेदवारी घोषणा गर्ने क्रममा एक जना महिला नेतृले आफ्नो दाबी प्रस्तुत गरेकी छिन् । एनआरएनए अभियानको चर्चित नामका रुपमा स्थापित सविता श्रेष्ठले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् । उनले महिला उपाध्यक्षमा उम्मेदवारी दिने बताएकी छिन् । वर्तमान कार्यसमितिकी सदस्य समेत रहेकी श्रेष्ठ एनआरएनए जापानको सक्रिय अभियन्ता मध्ये एक हुन् । सन् २००५ मा जापान आएकी श्रेष्ठको टोकियोमा रेष्टुरेण्ट व्यवसाय छ । सन् २०१५-१७ मा एनआरएनए जापानको कार्यसमिति निर्वाचनमा श्रेष्ठले सर्वाधिक मत पाएकी थिइन् । उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले एनआरएन जापानलाई गतिशील, चलायमान संगठन निर्माणका लागि आफूले उम्मेदवारी घोषणा गर्नु परेको बताइन् । एनआरएनए जापानलाई बलियो र एकताबद्ध बनाई प्रवासी नेपालीहरुको हक अधिकार स्थापित गर्न र एनआरएनए जापानलाई अझै उचाइमा पुर्याउनका लागि आफू अघि बढ्नु परेको श्रेष्ठले बताइन् । एनआरएनए जापानका हरेक अभियानहरुमा सक्रिय रहदै आएकी श्रेष्ठ एनआरएनए जापानले आयोजना गर्न लागेको हरितालिका तीजको संयोजक समेत रहेकी छिन् । उनले कार्यक्रमबाट उठ्ने रकम आपतकालीन कोषमा जम्मा गरिने बताएकी छिन् । महिला उपाध्यक्षमा उम्मेदवारी दिएकी श्रेष्ठले आफ्ना केही योजना र प्रतिवद्वता समेत सार्वजनिक गरेकी छिन् । श्रेष्ठले आफू एनआरएनए अभियानमा सक्रियताका साथ होम्मिएको बताउँदै एनआरएन जापानमा रहेर अझै केही काम गर्नका लागि उम्मेदवारी दिएको बताएकी छिन् । उनले एनआरएनए जापान मार्फत् नेपालका दुर दराजसम्म समाज सेवा गर्ने विभिन्न खाले अभियानहरु ल्याउने, एनआरएनए जापानको आपतकालिन राहत कोषलाई बलियो बनाउने, एनआरएनए जापानका सदस्यहरुको सदस्यता पारदर्शी रुपले वितरण गर्ने, संगठन विस्तार र सदस्यहरुलाई दिइने न्युनतम सेवा सुविधालाई पारदर्शी बनाउन आफू लागि पर्ने उल्लेख गरेकी छिन् । उनले जापानमा रहेर आपत् विपद्मा परेका हरेक नेपालीलाई उद्दार, पुनर्स्थापना र रोजगारीका लागि पहल गर्ने पनि प्रतिवद्धता जनाएकी छिन् ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.