पर्बत समाज जापानको नियमित समर बार्बेक्यू कार्यक्रम सम्पन्न

Everest Fuji News २०७४ श्रावण ११ मा प्रकाशित       Published at 2017 Jul 26


पर्बत समाज जापानको नियमित समर बार्बेक्यू कार्यक्रम सम्पन्न भएको छ । स्थापानाकाल २००९ देखि प्रत्येक बर्ष नियमित रुपमा गर्ने गरिएको बार्बेक्यू कार्यक्रम यस बर्ष टोकियोको हिकारिगाअोका पार्कमा गत १६ तारिक अाईतबार विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथ सम्पन्न भएको थियो । कार्यक्रममा पर्बत जिल्लाका उत्तर देखि दक्षीणभेग सम्मका पर्बतेलीहरुको उस्साहजनक सहभागीताका रहनुका साथै अन्य जिल्लाका नेपालीहरु लगायत बिदेशीहरुको पनि सहभागिता रहेको थियो । जापानमा रहेका नेपालीहरु बिच भाईचारा बढाउनुको साथै परदेशी जिबनका थकान एक्लोपन हटाई नया उर्जा दिने प्रमुख उधेश्यका साथ प्रत्यक बर्ष अायोजना गरिने पर्बत समाज जापनको बार्बेक्यू कार्यक्रमले जापानबाशी नेपाली समाजमा छुट्टै छाप छाडेको छ । अहिले जापानमा रहेका विभिन्न संघ संस्थाहरुले होडबाजी गरे झै गर्ने बार्बेक्यू कार्यक्रमहरुमा पर्बत समाज जापानको बार्बेक्यू विशेष हुने गरेको कार्यक्रममा सहभागीहरुले बताए । अौपचारिक रुपमा कुनैपनि संघसंस्थाहरुलाई निमण्त्रणा नगरेपनि विभिन्न संघसंस्थाहरुका प्रतिनिधीहरुको बाक्लो उपस्थिती पर्बत समाज जापानको बार्बेक्यूमा रहने गरेको छ । यस बर्षको बार्बेक्यू कार्यक्रममा सानो अौपचारिक कार्यक्रम गरि विभिन्न ब्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो । सम्मान हुनु हुनेहरुमा पर्बत समाज जापानका सल्लाहकार श्री महेश श्रेष्ठ नेपाल सरकार द्वारा गठित " बैदेशिक लगानी उच्चस्तरिय समंन्वय तथा अनुगमन समिती " मा मनोनीत हुनुभएकोमा पर्बत समाज जापान बाट सम्मान गरिएको थियो । त्यस्तै पर्बत शंखरपोखरीका श्री पूर्ण बहादुर कार्की ज्यूले हालसालै जापानको टोकियो यूनिभसिटी अफ फरेन स्टडीज, जापान (TUFS) बाट क्षेत्रिय तथा अन्तरक्षेत्रीय सम्बन्धअन्तर्गतको विषयमा विद्यावारिधि गर्नुभएको हुदा सम्मान गरिएको थियो । “नेपालमा युद्धपछिको अस्थिरता र मानव सुरक्षा”“Post-war instability and Human Security in Nepal.” शिर्षकमा उहाले शोधकार्य पुरा गर्नुभएको थियो । त्यसै गरि बिश्वशान्तीको कामना गर्दै साईकल बाट विश्व भ्रमणका लागि हिड्नु भई अहिले जापानमा रहनु भएका साईकल यात्री पर्बत पाङराङका भेष बहादुर कडेल र झापाका युबराज मैनाली लाई पनि सम्मानका साथ अार्थिक सहयोग पनि गरिएको थियो । पर्बत समाजको तर्फबाट २०००० येनमा पर्बत समाजका अन्य सदस्यहरुबाट संकलन गरि जम्मा ७०००० येन साईकल यात्रीहरुलाई सहयोग गरिएको थियो । कार्यक्रममा बोल्दै साईकल यात्री द्वयले समाजलाई धन्यबाद दिदै यस्तै सम्मान र सहयोगले हौसला मिलेको बताउनु भयो । सम्मान पछि बोल्दै डा. पूर्ण बहादुर कार्किले सम्मानको निमित्त धन्यबाद दिदै देश र समाजको निमित्त अझै केही गर्ने हौसला मिलेको बताउनु भयो ।त्यस्तै समाजका सल्लाहकार समेत रहनु भएका महेश श्रेष्ठ ले सम्मानको निमित्त धन्यबाद दिदै पर्बत समाजले अागामि दिनमा अन्य कार्यक्रमहरुलाई पनि जोड दिनु पर्ने बताउनु भएको थियो । विशेष अतिथीको रुपमा कार्यक्रममा रहनु भएका एनअारएन जापानका पुर्ब अध्यक्ष लाल बहादुर केसी (रोशन) ले अाफु गुल्मेली भए पनि पर्बत संग विशेष किसिमको सम्बन्ध रहेको र अाफु जापानमा भएको बेलामा हुने पर्बत समाजका हरेक कार्यक्रममा सकेसम्म सहभागी हुने गरेको बताउनु भयो । समाजका महासचिब जनक सुबेदिले सञ्चालन गर्नु भएको कार्यक्रममा समाजका का.वा.अध्यक्ष सुजन जोशीले पर्बतका गौरबहरुलाई सानो कार्यक्रम मार्फत भए पनि सम्मान गर्न पाउँदा खुशी लागेको र कार्यक्रम सानो भए पनि अात्मियताका साथ गरियकोले सम्मानमा कुनै कमी नरहेको बताउनु भएको थियो साथै अागामी दिनहरुमापनी पर्बतका गौरबहरुलाई सम्मान गर्दै सम्पूर्ण पर्बतेलीहरुलाई साथ सहयोग र समर्थनमा कुनै कमी नरहने भन्दै सहभागी सम्पूर्णलाई धन्यबाद दिनुभएको थियो ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.