
टोकियो । २४ जुलाई, टोकियो । प्रशिक्षार्थी कामदारका रुपमा जापान आएका एक नेपाली युवाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ ।
प्राप्त जानकारी अनुसार जापानको गुन्माकेनमा बस्दै आएका हृदयस जिसी नाम गरेका बर्ष ३१ का नेपाली युवाको सडक दुर्घटनामा परि निधन भएको हो ।
जापानको गुन्माकेन ओइजुमीमाची बस्दै आएका नवलपरासीका ३१ बर्षीय हृदयस जि.सी आइतबार स्थानीय एक मेला हेरेर फर्कदै गरेको अवस्थामा भएको सवारी दुर्घटना पश्चात ओता कु स्थित सुबारु अस्पतालमा उपचारार्थ लगिएको थियो । उनको सोमबार उपचारकै क्रममा मृत्यु भएको हो । प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको बुझिएको छ ।
हिजो (आइतबार ) सडक दुर्घटनामा परि गम्भिर घाइते भएका जिसीको उपचारको क्रममा आज निधन भएको हो । नेपाल नवलपरासी जिल्ला घर भएका उनि गुम्वाकेनको ओईजिमुमाची भन्ने ठाउँमा बस्दै आएका थिए ।
उनि प्रशिक्षार्थी कामदारको रुपमा जापान आएका थिए ।
प्राप्त थप जानकारी अनुसार जिसीले गत बर्ष मात्र नेपाल गएर विवाह गरेका थिए । हाल उनको श्रीमती नेपालमै छिन् ।