
गैर आवाशीय नेपाली संघ जापानको आयोजनामा यसपटक पनि नेपाल फेस्टिबल २०१७ आयोजना हुने भयको छ | आज २४ जुलाई २०१७ मा टोकियोको आयोजित बिभिन्न संघ संस्थासंगको एक अन्तरकृया तथा पत्रकार सम्मेलन मार्फत टोकियोको उएनो पार्कमा अगस्ट २६ र २७ तारिक आयोजना हुने उक्त फेस्टिबलको १७० जनाको मूल आयोजक समिति गठन गरियको छ | जापान स्थित नेपाली राजदुताबास र पररास्ट्र मन्त्रालयको बिसेस सहयोगमा साथै जापान स्थित विभिन्न संघ सस्थाहरुको सक्रिय साथमा नेपाल फेस्टिबल २०१७ आयोजना हुने भयको छ | फेस्टिबलको मूल उदेश्य नेपाली खाना , कला सस्कृतिलाइ जापानीमाझ चिनाउने , नेपालको पर्यटन प्रबर्धनमा टेवा पुर्याउने रहेको छ | यसपटकको नेपाल फेस्टिबलको संयोजकमा एनआरएनए जापानका उपाध्यक्ष टाशी लामा र देविलाल भण्डारी रहेका छन |
फेस्टिबलको लागी स्टल बुकिङ्ग खुल्ला
नेपाल फेस्टिबल २०१७ को लागि स्टलहरु खुल्ला गरियको छ | यसपटक स्टलमा रेस्टुरेन्ट राख्न चाहनेहरुको लागि दुइदिनको ३५ मान जापानी यान र डिपोजिट १५ मान जापानी यान गरि ५० मान जापानी यान लाग्ने छ | खाना बाहेकको स्टलहरु (बुप्पान ) को लागि भने दुइदिनको १२ मान जापानिज यान लाग्ने व्यहोरा आयोजक सस्थाले जनायको छ | रेस्टुरेन्टको लागि डिपोजिट स्वरूप राखिने १५ मान जापानिज यान यदि आफुले लिएको स्टल एरियामा कुनैकिसिमको फोहोरहरु नछाडी राम्रोसंग छाडेमा डिपोजिट रकम पुरा फिर्ता गरिने जानकारी आयोजकले जनायकोछ | स्टल बुकिङ्गको लागि फेस्टिबल संयोजक टाशी लामा (०८०-३१७८-२७८२) र देविलाल भण्डारी (०८०-४७१७-४८८६) मा सम्पर्क गर्न सकिने साथै एनआरएनए जापानको ऒकुबो स्थित कार्यालयमा उपस्थित भई जानकारी लिन र बुकिन्नग गर्न सकिने छ |
अन्तरकृया तथा पत्रकार संम्मेलनमा जनसंम्पर्क समिति जापानका सभापति डिपि कंडेल , ओएनएफ जापानका अध्यक्ष महेन्द्र श्रेष्ठ , अन्तराष्ट्रीय नेपाली समाजका महासचिब चन्डिका अमागांई , जनप्रगतिशिल मोर्चा टोकियो कमिटि अध्यक्ष सम्पूर्ण अधिकारी , पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले , एनआरएनए जापान आईसीसी सदस्य ओम गुरून्ग , गल्कोट समाज , बाँके बर्दिया मैत्रि समाज , कर्लिम समाज , धादिन्ग समाज, गोर्खा समाज , रामेछाप समाज , स्यान्गजा समाज , तमुधि जापान , सुदुर पश्चिम समाज , राप्ति समाज , कास्कि पोखरा समाज , वलेवा समाज , नेपाल जापान यूथ क्लब , वी फर अल , यूथ फर अल लगायतका संघ संस्थाका प्रमुख तथा प्रतिनिंधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा संघका वर्तमान अध्यक्ष सुदन थापाले बिस्तृत ब्रिफिन्ग गर्नुभयको थियो भने नेपाल फेस्टिबल संयोजक मध्यका एक देविलाल भण्डारिले उपस्थित सबैलाई धन्यबाद ज्ञापन गर्नु भयको थियो । उक्त कार्यक्रम संघका महासचिब अनुज थापाले संचालन गरेका थिय ।