भिमलाल खरेलको मृत्‍युको कारण हृदयघात : जापान प्रहरी - अन्यष्टी भोली गरिने : बेहोस भएका मोतीलाल भण्डारीलाई भेट्न आज पाचै भाईहरु नेपाल प्रस्थान -

Everest Fuji News २०७४ श्रावण ६ मा प्रकाशित       Published at 2017 Jul 21


शुक्रवार ,साउन-६ प्रेमिला गौचन , जापान । गत सोमवार खोलामा मृत अवस्थामा भेटिएका भिमलाल खरेलको पोष्ट्मार्टम रिपोर्टले हृदयघात भएको जापान प्रहरीले जनाएको छ । उहाको प्रकृया पुरा भएकोले भोली ( शनिवार) बिहान ९ बजे आरागावा वार्डमा अवस्थित माचिया साइजोमा अन्त्यष्टी गरिने भण्डारी परिवारका ज्वाँई पुश्कर जङ थापाले जानकारी दिनु भएको छ । ओएनएफ जापानका कार्यवाहक अध्यक्ष तथा सिद्दार्थ रेमिट, जापानका सन्चालक बाबुराम भण्डारीले खरेल र भण्डारीको पारिवारिक सम्बन्ध अती नै नजिक रहेको र नातेदार पनि भएको बताउनु भएको छ । कसै सँग लेन देन कारोवार नभएको र कसै सँग पनी रिसिवी नभएको कारण उहा सुत्नु अघी घर नजिक पार्कमा स्वच्छ हावा खाने बानी उहाको छ, त्यसै क्रममा उहा आकास्मात हृदयघाट हुनु भयो कि भन्ने उहाको कथन सत्य सावित भएको छ । मृतक भिमलाल खरेलका साथ श्रीमति हरिकला र २१ वर्षिय छोरा अर्जुन- विगत २४ वर्ष देखी जापानमा बस्दै आएका मृतक भिम लाल (खरेल(५५)ले जापानमा जग्गा किनी आफ्नै तीन तल्ले घर निर्माण गरी सपरिवार जापान बस्दै आएका शायद उहा नै पहिलो नेपाली हुनु हुन्छ होला भन्दै भन्डारीले थपे विगत दुई दशक अघी जापानबाट पैसा कमाएर आफ्नो गाउ गुल्मीमा १४ लाख पैसा कमाएर जादा त्यहाको गाउलेले उनको नाम नै 'चौध लाखे ' राखेका थिए भन्दै भावूक हुँदै उहाले एवरेष्ट फुजि न्युज डट कमलाई बताउनु भयो । त्यो समयमा १४ लाखको मूल्य अहिलेको महंगी अनुसार एक करोडको अर्थ राख्ने अर्थविदहरु बताउनुछन । मृतक खरेल जापानमा आर्थिक हैसियत सबल र सामाजिक छवी पनि राम्रो भएको व्यक्तित्व हुनु हुन्थ्यो । सबै सँग मिलनसार र सहयोगी भावना भएका खरेल धार्मिक आस्थामा बढी विश्वास गर्थे । उनकै पहलमा जापानमा मन्दिर निर्मार्ण प्रकृयामा छ भने उहा त्यस आध्यात्मक सस्थामा पनि उपाध्यक्ष हुनु हुन्थ्यो । यसरी जापानवासी नेपालीहरुले आफ्नो अभिभावक गुमाएकोमा दु:ख व्यक्त गरेका छन् । गुल्मी रुपाकोट हाल चन्द्रकोट गाउपालिका स्थायि घरभई विगत २४ देखी सपरिवार जापानमा बस्दै आएका मृतक खरेलकी श्रीमति हरिकला, २१ वर्षिय छोरा अर्जुन र ४ छोरीहरु जापानमै रहेका छन् भने २ छोरीको विबाह भैसकेकेको छन तर श्रीमती हरिकला छिन छिन मा मुर्छित हुने पारिवारिक सुत्रले जनाएको छ । खरेलको मृत्‍युको खवरले अचेत भएका मोतिलाल भण्डारीलाई भेट्न छोरा बुहारीहरु आज नेपाल प्रस्थान : खरेलको मृत्‍युको खवरले अचेत भएका मोतिलाल भण्डारी(८५) लाई भेट्न उहाका पाच छोरा बुहारीहरु आज बिहान ९ बजे नेपाल प्रस्थान गरेका छन । अत्यन्तै भावूक बन्दै विमान चडनु भन्दा अघी उहाका साइला छोरा शालिकराम भण्डारीले आफ्नो फेसबूक स्टाटसमा लेखेका छन " एकैपटक जीवनमा आएका बीपत्तीहरूको सामना गर्नु चुनौतीनै हूदो रहेछ। जापानमा आदरणीय भिमलाल खरेलको निधन र नेपालमा पूज्यनिय बुवा जीवनको अत्यन्तै कठिनमोड़मा हुनूहुनछ । छातीमा पत्थर राखेर नेपाल प्रस्थान गर्दै"।" उहाले आफ्नो धर्म पत्नी सहित छोरालाइ पनि साथमा लानु भएको छ भने उहाकै भाई ओ एन एफ ,जापानका कार्यवाहक अध्यक्ष बाबुराम भण्डारी सहित पाँच जना दाजुभाइ हरु पनि सङ्गै प्रस्थान गरेका छन । अचेत अवस्थामा रहेका ८५ वर्षिय मोती लाल भण्डारी र उहाकी धर्म पत्नी गौरा देवी भण्डारीको साथमा (तस्विर : फाइल फोटो ) उहाहरुको बुवा अचेत हुने बित्तिक्कै गुल्मी बाट बुटवल ल्याइएको तर त्यहा उपचार हुन नसके पछी हेलिकप्टरद्वारा काठमान्डौ ग्रान्डी अस्पातलमा उपचार भइरहेको छ । छोरा बाबुराम भण्डारीका अनुसार काठमान्डौमा उपचार भइरहदा पनि अझै होस् नखुले पछी भण्डारी सहित उनका पाचै भाई आज अकस्मात आफ्नो बुवालाई भेट्न जापानबाट आज बिहान ९ बजे नेपाल उडेका छन । त्यसैले जापानमा अक्स्मात मृत्‍यु भएका आफ्ना छिमेकी भिमलाल खरेलको अन्त्यष्टी देखी लिएर अन्य काम उहाका ज्वाँई पुषकर जङ थापा लाई जिम्मामा दिएको टेलिफोन मार्फत एभरेष्ट फुजी न्युज डट कमलाई बताउनु भयो । पाँच दाजुभाइहरु एक बुहारी र नातिका साथ नेपाल उड्नु भन्दा अघि सामुहिक तस्विर खिचाउदै :   स्वर्गिय भिमलाल खरेलको अन्त्यष्टी हुने ठाउ : २२ तारिक शनिबार ९:०० बजे हुने 町屋斎場 116-0001 東京都荒川区町屋1-23-4 Ph:03-3892-0311 MACHIYA SAIZYO Aragawa Ku, Machiya 1-23-4 Tokyo SACHIYA STATION ( Chyouda Line)


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.