गुल्मीका भिमलाल खरेल को पोष्ट्मार्टम रिपोर्ट आज आउने , उनको मृत्‍युको खबरले गुल्मिकै ८५ वर्षिय वृध्द अचेत -

Everest Fuji News २०७४ श्रावण ५ मा प्रकाशित       Published at 2017 Jul 20


प्रेमिला गौचन , जापान । बिहीवार, साउन - ५ । गत आइतवार खोलामा मृत भेटिएका भिमलाल खरेल(५५)को पोष्ट्मार्टम आज आउने भएको छ । उनको मृत्‍युको खबरले गुल्मीकै एक वृध्द (८५) अचेत भएका छन ।गतसाल मृतक खरेल जापान बाट गुलमीमा उनको ८४ वर्षे पूजामा पनि सहभागी भएका थिए। मानिसको जीवन न हो , कहाँ के हुन्छ ? थाहा नै नहुने । त्यस्तै भएको छ , गुल्मीका भिमलाल खरेल र उनको मृत्‍युको खबरले गुल्मिकै ८५ वर्षिय वृध्दको अचेत अवस्था  । मृतक खरेल जापानमा आर्थिक हैसियत राम्रो बनाएको व्यक्तिव र सामाजिक छवी पनि राम्रो थियो । तर उनको मृत्यु शन्कास्पद अवस्थामा खोलामा भेटियो । ८५ वर्षिय वृध्द ओएनएफ जापानका कार्यवाहक अध्यक्ष तथा सिद्दार्थ रेमिट, जापानका सन्चालक बाबुराम भण्डारीको बुवा हुनु हुन्छ । खरेल र भण्डारीको पारिवारिक सम्बन्ध अती नै नजिक रहेको बताउनु भएको छ । कसै सँग लेन देन कारोवार नभएको र कसै सँग पनी रिसिवी नभएको कारण उहा सुत्नु अघी घर नजिक पार्कमा स्वच्छ हावा खाने बानी उहाको छ, त्यसै क्रममा उहा आकास्मात हृदयघाट हुनु भयो कि भन्ने उहाको कथन छ । उहाको बुवा अचेत हुने बित्तिक्कै गुल्मी बाट बुटवल ल्याइएको तर त्यहा उपचार हुन नसके पछी हेलिकप्टरद्वारा काठमान्डौ ग्रान्डी अस्पातलमा उपचार भइरहेको छ । छोरा बाबुराम भण्डारीका अनुसार काठमन्डौमा उपचार भइरहदा पनि अझै होस् नखुले पछी भण्डारी सहित उनका पाचै भाई आज अकस्मात आफ्नो बुवालाई भेट्न जापानबाट आज नेपाल उड्दैछन । त्यसैले जापानमा अक्स्मात मृत्‍यु भएका आफ्ना छिमेकी भिमलाल खरेलको पोष्ट्मार्टम रिपोर्टदेखी सम्पूर्ण जिम्मेवारी भण्डारीको ज्वाँई पुषकर जङ थापा लाई जिम्मामा दिएको टेलिफोन मार्फत एभरेष्ट फुजी न्युज डट कमलाई बताउनु भयो । शनिवार राती एक्कासी परिवार संग संपर्क बिहिन भएका खरेल आइतवार बिहान खोलाको किनारमा मृत अवस्थामा फेला परेका थिए। अब सम्झनामा मात्रा सिमित : जापानमा सहयात्री सालीकराम भण्डारी सँग शनिबार राती टोकियो मिनामी सेन्जु नजिकै रहेको आफ्नो एक रेष्टुरेन्टबाट अर्को रेष्टुरेण्ट तर्फ हिंडेका ५५ वर्षिय खरेल केही घण्टासम्म परिवारको सम्पर्कमा नआएपछि प्रहरीलाई खवर गरिएको थियो । 'अर्को रेष्टुरेण्टमा जाँदैछु, छिट्टै आउँछु' भनेर फोन राखेका श्रीमानसंग त्यसपछि फोन सम्पर्क हुन नसकेको मृतक खरेलकी श्रीमति हरिकलाले बताउनुभएको छ । रातीनै प्रहरीले उनको खोजि थालेपनि शव स्थानिय आराकावा कु खोलामा विहान मृत अवस्थामा खरेल भेटिएका थिए । गुल्मी रुपाकोट हाल चन्द्रकोट गाउपालिका स्थायि घरभई विगत २४ देखी घरेल सपरिवार जापानमा बस्दै आएका थिए ।]   मृतक खरेल छोरा अर्जुन र पत्नी हरिकलाको साथमा टोकियोमा फुलबारी रेष्टुरेन्ट नामको चारवटा रेष्टुरेन्ट संचालन गर्दै आएका खरेल राती ९ बजेबाट सम्पर्कविहिन भएको परिवारजनले बताएका छन् । प्रहरीले खरेलको मृत शरिरबाट एक थान मोवाईल मात्र फेला पारेको बताइएको छ । खरेलले मोबाइलको कभरमा राखेको एक जापानी नागरिकको भिजिटिङ कार्डको सहायताले प्रहरीले परिवार पत्ता लगाएर बिहान खवर गरेको पाइएको छ । परिवारजनले खरेलको साथमा नगद तथा पर्स एवं आफ्नो परिचयपत्रहरु रहेको भन्दै सबै नभेटिएपछि मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीलाई घटनाको अनुसन्धानको लागि आग्रह गरेका छन् । प्रहरीले भने सो क्षेत्रका सिसिटीभी क्यामराको भिडियो मद्दतले अनुसन्धान थालेको भन्दै थप जानकारी नदिएको मृतकका छोरा अर्जुन खरेलले बताएका छन् । मृतक खरेलकी श्रीमति हरिकला, २१ वर्षिय छोरा अर्जुन र ४ छोरीहरु जापानमै रहेका छन् । दुई छोरीको भने विवाह भइसकेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.