नेपाल भारत सम्बन्ध र वर्तमान परिस्थितिमा १९५० को सन्धीको सान्दर्भिकता विषयमा टोकियोमा अन्तर्किर्या कार्यक्रम हुदै

Everest Fuji News २०७४ श्रावण ४ मा प्रकाशित       Published at 2017 Jul 19


जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक तथा नेपाल भारत सम्बन्ध पुनरावलोकन सम्बन्धी गठित प्रबुद्न समुहमा भारतीय पक्षका सदस्य समेत रहेका डा. महेन्द्र पी लामा र चुकुवा विश्वविद्यालयका सहायक प्रा.डा कमल लामिछाने लगायत टोकियोमा रहेका प्रबुद्व वर्गहरूबिच नेपाल भारत सम्बन्ध विषयक अन्तर्किर्या कार्यक्रमको आयोजना गर्न लागिएको छ । मुल आयोजक चुकुबा युनिभर्सिटी रहेको कार्यक्रमलाई बैदेशिक लगानी उच्च स्तरिय समन्वय तथा अनुगमन समितीका सदस्य महेश श्रेष्ठले संयोजन गर्नु भएको हो । [arqam style= metro columns= 1 ]जापानमा क्रियाशील सामाजिक अभियान्ताहरुको सहभागितामा आउँदो जुलाई २३ तारिक टोकियोको सिन्जुकुमा जाईका ईन्टरनेशनलको हलमा कार्यक्रम गर्न लागिएको डा. बिजय ज्ञवालीले जानकारी दिनुभयो । कार्यक्रमलाई जापानबासी नेपालीको साझा कार्यक्रम बनाउनका लागी सुदुर पस्चिमेली समाज र 'संम्बृद्व नेपाल निर्माण अभियान'-INFSD JAPAN ले ब्यबस्थापकिय सहयोग गरेका छन् । नेपाल भारत सम्बन्ध लाइ नयाँ रुपमा व्याख्या गरिनु पर्ने आवाज उठी रहेको बखत प्रबासबाट पहिलो पटक यो बिषयबस्तु मा अन्तर्किर्या गरिन थालिएको हो । जनस्तरबाट प्रवासमा हुने यी र यस्ता किसिमका कार्यक्रमले संम्बृद्व नेपाल निर्माणमा ईटा थप्ने काम हुन सक्ने भन्दै कार्यक्रममा उपस्थितिका लागी विभिन्न राजनितीक दलका भातृसंगठनका प्रतिनिधी र संघसंस्थालाई अपिल गरिएको छ । कार्यक्रममा उपस्थितीको लागि ८० जना मात्र सख्या निर्धारण भएकोले उपस्थितीको पूर्व नाम दर्ता गर्न अनुरोध गरिएको छ । कार्यक्रम स्थल - जाइका इचिगया हल १०-५ इचिगया , होनमुरा चो , शिन्जुकु टोकियो मिती - २३ जुलाई २०१७ समय - साझ ५:०० - ९ बजे सम्म नाम दर्ता - डा. विजय ज्ञवाली ( ०९०-८०५४-७४०४) आशिष रावल ( ०९०-९४०२-२०५० ) सन्तोष चोखाल ( ०८०- ९८२०- ४८७०) बसन खत्री ( ०९० - २४८२ - ०६६० )


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.