काठमाडौँ र पाटनको पुनःनिर्माणमा जापानी चासो

Everest Fuji News २०७४ असार ३० मा प्रकाशित       Published at 2017 Jul 14


काठमाडौँः राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलसँग नेपालका लागि जापानका राजदूत मासासी ओगावाले शुक्रवार शिष्टाचार भेट गरी काठमाडौँ र पाटन दरबार स्क्वायरको पुनःनिर्माण जापानले प्रदान गरेको आर्थिक सहयोगको परिचालनबारे चासो राख्नुभएको छ । सो अवसरमा डा पोखरेलले पुनःनिर्माणमा पछिल्लो समय उल्लेख्य प्रगति भएको जिकिर गर्दै आगामी आव पुनःनिर्माण थप उल्लेखनीय रुपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । रासस


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.