
पर्वत समाज जापान को आयोजनामा हुन गइरहेको समर बार्बिक्यू को सम्पूर्ण तयारी पुरा भएको छ । आगामी आइतबार टोकियो स्थित हिकारीगाओका पार्कमा आयोजना हुने बृहद बार्बिक्यू कार्यक्रममा जापानबासी नेपालीहरूको उलेख्य उपस्थिती रहने आशा रहेको पर्वत समाज जापानका अधिकारीले बताए । आईतबार बसेको पर्वत समाजको नियमित बैठकले बार्बिक्यूको सम्पूर्ण तयारी पूरा भएको निष्कर्ष निकालेको हो स्थापनाकाल देखि नै प्रत्येक वर्ष बार्बेक्यु आयोजना गर्दै समाजको बार्बिक्यू यस बर्ष बिगतका वर्षहरु भन्दा भिन्न रहने आयोजकको विश्वास छ । अौपचारिक रुपमा कुनै पनि संघ संस्थालाई निमन्त्रणा नगरिएको हुनाले यसैलाई निमन्त्रणा मानी जापान स्थित संस्थाका पदाधिकारीहरुलाई र जापानबासी सम्पूर्ण नेपाली तथा नेपाल र नेपालीहरूलाई माया गर्ने विदेशीहरुलाई कार्यक्रममा सहभागी भइदिनुहुन हुन हार्दिक अपिल समेत गरेका छन् । साथै सोही कार्यक्रममा पर्बत पाङराङ घर भई विश्व शान्तिका लागि विश्व साईकल यात्राका क्रममा हाल जापान आइपुगेका भेष बहादुर कँडेल लाई सम्मान समेत गरिने बताइएको छ ।