
I एन.आर.एन कान्साइको छैठौ अधिबेसनको मिति नजिकिदै जादा संयोजकमा ३ जना प्रतिस्पर्धी भएकोले सहमतीय प्रयासको लागि एन.आर.एन कान्साइको निर्बाचन समितिले हिजो राखेको छलफल निस्कर्ष बिहिन भएर टुंगिएको छ । हिजो छलफल निस्कर्ष बिहिन भएकोले निर्बाचन समितिले निर्बाचन तालिका लगायत बिबिध कुराहरु आफ्नो मतदाता हरु माँझ पुगोश भन्ने उद्देस्यले अधिबेसन तथा निर्बाचन सम्बन्धि जानकारी यसरि प्रस्ट्याएको छ ;
गैर्ह आवासीय नेपाली संघ जापान कान्साई क्षेत्रीय समितिको उम्मेदवारी तथा निर्बाचन सम्बन्धि सूचना
गैर्ह आवासीय नेपाली संघ जापान,कान्साई क्षेत्रीय समिति,निर्बाचन समिति २०१७
नरेन्द्र बस्नेत (दिनेश) निर्बाचन समिति संयोजक
तुलसी राम खरेल निर्बाचन समिति सदस्य
आत्मराम शर्मा निर्बाचन समिति सदस्य
हरिराज ढकाल निर्बाचन समिति सदस्य
नारायण के.सी स्टेभेन्स निर्बाचन समिति सदस्य
निर्बाचनमा राष्ट्रिय समन्वय परिषद्को घटीमा एक जना प्रतिनिधिको पर्यबेक्षकको रुपमा उपस्थिति हुनेछ ।
यस निर्बाचन समितिको निर्बाचन सम्बन्धि आचारसंहिता र कार्यविधि निम्नानुसार तोकिए बमोजिम हुनेछ ।
निर्बाचन समितिले संघको हालको बिधान र नियमवालिहरुको अधिनमा रही संघले दिएको अधिकार प्रयोग गर्दै संघको कार्यकारी परिषद्को निर्बाचन सम्बन्धि यो सूचना जारि गरेको छ ;
१.संघको बिधानरत बिधिबत् रुपमा २०१७-२०१९ मा आफ्नो सदस्यता नबिकरन तथा नया सदस्यता लिनुभएका सदस्यहरुले मतदान गर्नको लागि आफ्नो एन.आर.एन परिचयपत्र र रेसिडेन्स कार्ड अनिबार्य रुपमा देखाएर मात्र मतदान गर्न पाइनेछ ।
२. अधिबेसन तथा निर्बाचन स्थलमा कुनै पनि उम्मेदवारले अथवा निजका सहयोगी हरुले निर्बाचनको प्रचार प्रसार पम्पेल्टिंग इत्यादी गर्न पाउने छैन ।
निर्बाचन स्थल अथवा अधिबेसन स्थल वरपर कसैले अप्रिय बातवरण सृजना गर्न खोज्ने बिशेष गरि उम्मदेवार हरुले असामनजस्यको स्थिति पैदा गर्न खोज्ने लगायतको उच्श्रिङ्खल कार्यमा समलग्नता भएको अथवा गरिएको पाइएमा निर्बाचन समितिले निजको उम्मेवारी खारेजी समेत गर्न सक्नेछ साथै नेपालीहरुको छबी धमिलिने खालको बातावरण श्रीजना गरेमा अनाबस्यक कोलाहलको स्थिती श्रीजना गरेमा अथवा गराउन खोजेमा जापानि नियम कानुन अनुसार आबस्यक कानुनि प्रकृयामा निर्वाचन समिती तथा संस्था जान बाध्य् हुनेछ ।
३.उम्मेदवारी फिर्ता लिने समय निर्बाचन समितिले २०१७-०७-०९ को राति २३:५९ सम्म तोकेको छ. यद्दपि निर्बाचनको दिन कुनै पदको प्रत्यासीले आफ्नो स्वइच्छाले उम्मेदवारी फिर्ता लिएको खण्डमा मत पत्रमा त्यस व्यक्तिको नाम भने रहनेछ ।
४.आबस्यक संख्या भन्दा बढी उम्मेदवारी आएको पदमा सल्लाह र सहमति अनुसार निर्बाचन समितिले तोकेको मिति र समयभित्र कसैले आफ्नो उम्मेदवारी फिर्ता लिएमा त्यो व्यक्तिको उम्मेदवारी शुल्क फिर्ता गरिनेछ यदि भोटिंग भएको खण्डमा अथवा निर्बाचन समितिले तोकेको समय भित्र उम्मेदवारी फिर्ता नलिएमा दाखिला गरिएको रकम फिर्ता गरिनेछैन ।
५.एक सचिब र सात सदस्य पदको लागि पद संख्या अनुरुपको मात्र उम्मेवारी परेको हुनाले सचिब र सात सदस्य स्वत निर्बिरोध भएको अवस्था छ ।

६. उम्मेदवारहरुको नामावली प्रकाशन निर्बाचन समितिले गरि सकेको छ जसमा सबै भन्दा प्रतिक्षित संयोजक पदको लागि महेश कुमार कटवाल,भूमिराज दवाडी र रमेश घिमिरे गरी तिन जनाको उम्मेदवारी परेको छ,त्यसै गरि २ उपसंयोजक को लागि कृष्ण गैरे शर्मा ,प्रेम प्रसाद कंडेल र हरि प्रसाद कंडेलको उम्मेदवारी परेको छ भने सचिबमा बिकाश पराजुली र सहसचिबमा बिष्णु प्रसाद सुबेदी, भुम गैरे र नर बहादुर थापा हुनुहुन्छ भने सबै भन्दा बढी उम्मेदवारी कोसाध्यक्ष पदको लागि ६ जनाको परेको छ जसमा महेन्द्र केसी, डिल्ली प्रसाद सापकोटा(बिष्णु),अनिल पौडेल,दिपक गौतम,सिबू थापा र सुबाश चन्द्र दवाडी छन् ।त्यसै गरि ७ सदस्यको लागि भने ठिक ७ जनाको मात्र उम्मेदवारी परेको छ जसमा सुरेश सापकोटा,बालकृष्ण सापकोटा, चुडामणि कंडेल, कृष्ण सुबेदी, राम नारायण केसी (रमेश),प्रकाश गैरे र ऋषिराम सापकोटा छन् ।
७.निर्बाचन समितिले तोकेओ समय भित्र कुनै पनि उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता नलिएमा निर्बाचन हुनेछ र निर्बाचन सकिएको केहि समयमा मतगणना प्रक्रिया सुरु गरिनेछ भने मतगणना सकिने बित्तिकै निर्बाचन समिति संयोजकले परिणाम घोसणा गर्नुहुनेछ.परिणामको घोसणा पछि निर्बाचन समितिले नया कार्यसमितिको सफत ग्रहण गराई पदभार सुम्पनेछ ।
निर्बाचन सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार निर्बाचन समिति संग निहित रहनेछ ।
निर्बाचन सम्बन्धि सूचना, दस्ताबेज आदि गोप्य राख्नुपर्ने समय र बिषयमा सार्बजनिक गर्न वा कसैलाई जानकारी दिन निर्बाचन समिति बाध्य हुने छैन ।
निर्बाचन समति थप वा अन्य जानकारी राख्नु परेमा निर्बाचन समितिका संयोजक तथा सदस्य हरु अथवा एन.आर.एन कान्साइको फेसबुक मेसेन्जर मार्फत जिज्ञासा राख्न सक्नुहुनेछ ।
अधिबेसन तथा निर्बाचन हुने स्थान र समय: मिति २०१७/०७/१० तारिक सोमबार मिनातो कुमिन सेन्टर बेन्तेंचो
अधिबेसन सुभारम्भ :-१२:३० बजे बाट भोटिंग हुने समय १५:०० देखि १८:०० सम्म
संसारभर छरिएर रहेका सम्पूर्ण नेपाली हरुको प्रतिनिधित्त्वो गर्ने एक मात्र संस्था एन.आर.एन.ए अन्तर्गत एन.आर.एन जापान कान्साई क्षेत्रको निर्बाचन निष्पक्ष, बैधानिक,उत्साहपुर्बक वातावरणमा सम्पन्न गर्न निर्बाचन समिति कुनै पनि किसिमको कसुर नराख्ने प्रतिबद्दता ब्यक्त गर्दछ,साथै कान्साईबासी नेपाली हरुको भाइचारा लाइ कायम गर्दै यो सामाजिक अभियानको अर्को खुड्किलो लाइ सफलताको साथ् सम्पन्न गराउनको लागि सहयोग गर्न सम्पूर्ण कान्साईबासि नेपाली हरुलाई अपिल पनि गर्दछ ।
नरेन्द्र बस्नेत (दिनेश)
एन.आर.एन कान्साई
निर्बाचन समिति संयोजक तथा निर्बाचन समिति