टोकियोमा अहिलेसम्मक़ै एक ऐतिहासिक र फरक कार्यक्रम सम्पन्न -
Everest Fuji News२०७४ असार २३ मा प्रकाशितPublished at 2017 Jul 07
जापान ( टोकियो ) - जापानको टोकियोमा यही आइतवार अहिलेसम्मक़ै एतिहासिक र फरक कार्यक्रम सम्पन्न भयको छ । दिगो विकासका लागी पारस्परिक मैत्री समूह ( INFSD ) जापान अन्तर्गत समृद्ध नेपाल निर्माण अभियान जापानको आयोजनामा समृद्ध नेपाल निर्माण अभियानमा प्रवासी नेपालीहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम समयभन्दा केहि ढीला सुरु भयो तर ठीक ६ बजेदेखी नै सिटको क्षमता भन्दा धेरै दर्शकको आगमन हुदा धेरै व्यक्तिहरूलाई केहि असजिलो महसुस भएको देखिन्थ्यो र धेरै व्यक्तिहरू भुइमा बसेर सुन्न बाध्य थिए ।
https://m.youtube.com/watch?feature=youtu.be&v=Cm0ZlbrnGFI
कार्यक्रमप्रमुख वक़्ताको रूपमा जापानका लागी पूर्व राजदूत तथा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा , बीबीसी नेपाली सेवाका पूर्व प्रमुख रवीन्द्र मिस्र , चूकुवा विश्वविद्यालय जापानका प्राध्यापक डा.कमल लामिछाने ( नेपालको पहिलो दृष्टिविहीन PHD गर्ने व्यक्ति ) र पूर्व चर्चित टेलिभिजन पत्रकार प्रेम बानियाले आफना महत्वपूर्ण भनाइ राखेका थिए । जापानका लागी पुर्व राजदुत समेत रहेका माथेमाले जापानको प्रगति स्रोत र पैसाले नभएर संस्कारले बनेकोले समयमै काम गर्ने संस्कार र मिहिनेत गर्ने बानी, ईमानदारीता, कामको सम्मान गर्नाले नेपाल पनि बिकसित देश बन्न समय नलाग्ने बताए ।
https://youtu.be/Kzr7kX3GMhg
कार्यक्रममा बिबिसी नेपाली सेवाका पुर्व प्रमुख तथा पत्रकार रबिन्द्र मिश्रले सकिन्छ भने दक्ष युवालाई छिटो देश फर्कन अनुरोध गरेका छन् ।
नेपालको पहिलो दृष्टिबिहीन विधावारिधि गर्ने व्यक्ति चुकुवा विश्वविद्यालयका प्राध्यापक डा. कमल लामिछानेले स्वयम आफैसंग ईमान नहुनेले अरुसंग ईमानदारि बन्न नसक्ने बताउदै सबै नेपालीहरु पनि स्वयम आफु ईमान्दारि भएर हरेक पेशा र कामलाई सम्मान गर्न अनुरोध गरे ।
https://youtu.be/KXbE3kwC9-A
त्यस्तै चर्चित टेलिभिजन पत्रकार प्रेम बानियाँले विदेशमा रहेका नेपालीलाई अब ज्ञान , सिप र क्षमता भएका नेपाली नेपाल फर्क या आमालाई संझेर घर फर्क जस्ता अभियान सुरु गर्नुपर्ने बताए । दुई चरणमा सम्पन्न कार्यक्रममा - सुरुमा चारै जना वक्ताले संबोधन गरे र त्यसलगत्तै दर्शकहरुको प्रश्नको जवाफ दिने गरि अन्तरक्रिया सम्पन्न गरिएको हो । ५ सय जनाको सिट रहेको नाकानो जिरो हलमा सिट क्षमता भन्दा बाक्लो उपस्थिति रहेको थियो ।
विशेष गरि टोकियोमा सास्कृतिक कार्यक्रममा बाक्लो सहभागीता हुने गरे पनि आईतबारको कार्यक्रममा बौद्दिक तथा विद्यार्थीहरूको जमात धेरै थियो । वैदेशिक लगानी उच्च स्तरीय समन्वय तथा अनुगमन समितिका सदस्य तथा कार्यक्रम संयोजक महेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास टोकियोका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सहसंयोजक तथा INFSD जापानका संयोजक दुर्गा बहादुर खत्रीले स्वागत मंतव्य , INFSD जापानका सल्लाहाकार एवम एनआरएन जापानका महासचिव अनुज थापाले विषयवस्तु प्रबेश र रिपोर्टस क़्लव नेपाल जापानका अध्यक्ष तथा INFSD जापानका अभियान्ता सन्तोष चोखालले कार्यक्रम संचालन गरेका थिए । दोस्रो चरणको अन्तरक़ीर्या कार्यक्रम सहजीकरण पत्रकार तथा एनआरएन आइसीसी सदस्य भूषण घिमिरेले गरेका थिए ।
भविष्यमा नेपालमा अत्यन्तै राम्रो काम गरेका कुलमान घिसिंग जस्ता व्यक्तिलाई जापान ल्याइ नागरिक अभिनन्दन गर्ने तयारी रहेको र यस्ता कार्यक्रम निरन्तर गर्ने योजना समेत रहेको कार्यक्रम संयोजक श्रेस्ठले बताए ।
https://youtu.be/mTJlMVwGsfw