जब विमान विमानस्थलमा एक्कासी रोकियो.....

Everest Fuji News २०७४ असार २२ मा प्रकाशित       Published at 2017 Jul 06


पोखरा । यति एयरलाइन्सको एक जहाज बिहीबार पोखरामा ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट यात्रु लिएर आएको ६०७-नाइन एन एजेसी कलसाइनको यति एयरलाइन्सको जेट विमान पोखरा विमानस्थलमा अवतरणको क्रममा ठूलो दुर्घटनाबाट जोगिएको हो । विमान अवतरणको क्रममा दिउँसो १ बजेर १८ मिनेटमा जहाजको नोज हृविल लक भएपनि कुनै क्षति नभएको पोखरा विमानस्थलका प्रमुख भोलाप्रसाद गुरागाईंले जानकारी दिए । उनले भने, ‘विमान ल्याण्ड हुनेवित्तिकै विमानको नोज हृविल लक भयो, जसका कारण विमान दायाँ/बायाँ मोड्न मिलेन । तर, क्षति भने केहीपनि भएन ।’ रन-वे मै विमानको नोज हृविल लक भएपछि करीब एक घण्टा पोखरा विमानस्थलमा जहाज उडान र अवतरण हुन सकेन । जसका कारण काठमाडौंबाट आएको विमान पुनः काठमाडौं र्फकनुपरेको थियो । अहिले भने पोखराकै प्राविधिक टोलीले मर्मत गरेर विमानलाई रन-वे बाट हटाएर विमानस्थल सञ्चालनमा ल्याइएको विमानस्थल प्रमुख गुरागाईंले जानकारी दिए ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.