
"जीवन सफल हुन श्रीमान श्रीमतीको एकता हुन आवश्यक छ । यद्दपी महिला एक्लैले पनि संसार हाकेका छन भने पुरुष एक्लै ले पनि ।"
जापानमा सकृय महिलाहरुको स्वागत भेलालाई सम्बोधन गर्दै जापानका लागि नेपाली प्रथम राजदूत प्रतिभा राणाले जीवनको उत्तराखन्डमा नेपालमा महिला आयोग लगायत थुप्रै सामाजिक कृयाकलापमा सकृय भएकोले नेपाल सरकारले मेरो कामलाई मुल्याङ्कन गरी राजदूतमा मनोनित गरेको अभिव्यक्ती दिदै जापानमा भएका महिलाहरुलाई पनि सकारात्मक सोचले अघी बढनु'स अवस्य मुल्याङ्कन हुन्छ भन्दै उहाले थप्नु भयो ' जापान जस्तो बिकसित देशमा हुनु भएका महिला वर्ग हरुले यहाँ सिकेका ज्ञान र सिपलाई समाज र राष्ट्रको लागि योगदान गर्नु होस् भन्नु भयो । "
भर्खरै १ महिना अघी मात्रै आफ्नो कार्यभार सम्हाल्न आउनु भएकी राजादूत राणाको स्वागत मन्त्यव्य कार्यक्रममा सहभागी महिला वक्ताहरुले जापानमा राजदूत राणालाई एउटा अभिवावकत्व पाएकोमा गर्व महसुस गर्दै ४ वर्षे कार्यकालको शुभकामना मन्त्यव्य दिएका थिए ।
जापानका लागि डा.मदन कुमार भट्टराइ आफ्नो ४ वर्षे कार्यकाल पुरा गरी स्वदेश फर्कनु भय पछी करिव १ वर्ष जती राजदूत बिहिन थियो । सो अवधिमा कार्यवाहक राजदूत गहेन्द्र राजभन्डारी त्यसपछी कृष्ण चन्द्र अर्यालले कार्यवाहक सम्हाल्दै आउनु भएको थियो ।
राजदूत राणा सँगै ओमान, अष्ट्रेलिया र जापानको लागि एकै पटक नेपाल सरकारको मन्त्रीपरिषदले महिला राजदूत नियुक्त्ती गरेको थियो । राजदूत राणा स्वच्छ छबी भएको व्यक्तित्व हुनु हुन्छ ।