आई.एम.इ.इन्टरनेसनल मनि ट्रान्सफर (क्योदाई रेमिटेन्स)को नया शाखा फ़ुकुओकाको हाकातामा।

Everest Fuji News २०७४ असार १८ मा प्रकाशित       Published at 2017 Jul 02


जापानवाट नेपाल लगायत विश्वका बिभिन्न मुलुकहरुमा समेत रेमिट्यान्स् कारोवार गरिरहेको आईएमी इन्टरनेसनल मनि ट्रान्सफर (क्योदाई रेमिटेन्स) ले आफ्नो सञ्जाल बढाउने क्रममा जापानको फुकुओका शहरको हाकातामा थप एक शाखा हिजोबाट संचालनमा ल्याएको छ ।२०१७/६/३० को दिन आईएमका कार्यकरी प्रनुख  सुमन पोख्रेलको प्रमुख आतिथ्यमा क्योदाई रेमिटेन्सका प्रमुख लगायत एन.आर.एन.ए जापानका उपाध्यक्ष टंक गैरेका साथै फुकुओकाका बिद्दमान विभिन्न संघ सस्थाका प्रतिनिधिहरु र यहाँका सामाजसेवी ब्यबशायी एबम प्रतिष्ठित व्यक्तिहरुद्वारा रिबन काटेर बिशेष कार्यक्रमका बीच आईएमी(क्योदाई) हाकाता शाखाको समुदघाटन गरिएको छ। आईएमी इन्टरनेसनल मनि ट्रान्सफरले नेपालमा आर्थिक कारोबार मात्र नभई अन्य क्षेत्रमा पनि लगानी गरिरहेको कुरा दर्साउदै आई ए.मी भनेको नै सबै रेमिटेन्स हो अर्थात् विदेशबाट पैसा पठाउने भन्ने बित्तिकै आई.ए.इ को नाम आउने हुदा यसको छुट्टै पहिचान रहेको र अतिनै बिश्वाशिलो र भरपर्दो माध्यम बनेको छ।त्यसैले ढुक्क सग पैसा पठाउन आग्रह सहित नया योजना सहित यसको अझ बिस्तार गर्दै जाने कुरा कार्यक्रमका प्रमुख अतिथि सुमन पोख्रेलले बताउनु भयो ।टोक्यो पछि नेपाली बिध्यार्थीहरुको बाहुल्यता रहेको फुकुओकामा रहेको हुनाले नेपालकै नम्बर वान रेमिट्यान्स आईएमी प्रतिको माग र सर्बसुलब बनाउने उदेश्यले फ़ुकुओकाको केन्द्र र नेपालीहरुको चाप भएको हाकाता स्टेसन नजिकै नया शाखा बिस्तार गरिएको कुरा आई.एम.इ हाकाता ब्रान्च म्यानेजर राम कृष्ण श्रेष्ठले बताउनु भयो । साथै नया शाखा थप सगै फुकुओकामा बिद्दमान सम्पर्ण संघ सस्था लगायत अन्य समूह र बिशेष कुरामा छलफल गर्नु परेमा निशुल्क बैठक बस्न हलको ब्यबस्था गर्ने घोषणा गर्नुभएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.