अब नेपाली विद्यार्थीको आकर्षक गन्तब्य जापान

Everest Fuji News २०७३ असार २१ मा प्रकाशित       Published at 2016 Jul 05


जापानमा अध्ययन गर्न आउने नेपाली विद्यार्थी हरुको लागि जापान एक राम्रो आकर्षक गन्तब्य भएको छ । यस अघी जापानमा आउने विध्यार्थी निकै नै चुनौती थियो । कतीले ले त आत्माहत्या गरे , कतीलाई स्वदेश फिर्ती गराइयो त कती शरणार्थीमा जान वाध्य भए। आज समयले कोल्टे फेरेको छ , प्रधानमन्त्री सिन्जे आबे तथा जापान सरकारले बिदेशी विध्यार्थीको लागि नितीमा लचकता अपनाएको छimage । जापान सरकारले जापानमा विदेशी विद्यार्थीहरुको रोजगारीको दर ५० प्रतिशत पुर्याउँने नीति सार्वजनिक गरेको छ । प्रधानमन्त्री शिञ्जो आबेको सरकारले विदेश नीति अपनाउँने क्रममा यस्तो योजना बनाएको हो । अहिले जापानमा विदेशी विद्यार्थीहरुको रोजगारको दर ३० प्रतिशत मात्र छ । हालै बसेको दशौं काउन्सिल वैठकमा सन् २०१६ को आधारभूत आर्थिक व्यवस्थापन सम्बन्धी योजना र नीतिको मस्यौदामाथिको छलफलका क्रममा सरकारको यस्तो नीति सार्वजनिक गरिएको हो । तर प्रस्तावित यो नीति पारित भने हुन बाँकी छ । साथै सरकारले जापानमा बस्दै आएका विदेशी नागरिकहरुलाई प्रदान गर्दै आएको पिआर वा ग्रीन कार्डको समयसीमा पनि कटौति गर्ने योजना प्रस्ताव गरेको छ । हालको पाँच वर्ष काम नगरी स्थायी बसाेवासको आवेदन दिन नपाईने नियमलाई संशाेधन गरि छोटो पारिने भएको छ । अहिले १० वर्षसम्म बस्दै आएका विदेशीले मात्र पिआर पाउँने प्रावधान छ । -


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.