जापानमा खोजी प्रतिभा एकल नृत्य प्रतियोगिता हुने

Everest Fuji News २०७४ असार १३ मा प्रकाशित       Published at 2017 Jun 27


पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको आयोजनामा आगामी अगष्टमा एकल नृत्य प्रतियोगिता हुने भएको छ।

प्रवासमा रहेका नेपाली प्रतिभाको प्रतिभा प्रष्फुटन गर्ने उदेश्यले जापानमा विभिन्न पेशा व्यवसायमा संलग्न नेपालीहरुबीचबाट उत्कृष्ट प्रतिभा चयन गर्ने छ। विजेतालाई नगद एक लाख येन पुरस्कार राखिएको प्रतिस्पर्धामा द्धितिय हुनेलाई ५० हजार र तेस्रो हुनेलाई ३० हजार येन तथा विविध उपहारहरु प्रदान गरिने छ।

नेपालका चर्चित कलाकारहरुको सहभागितामा हुने फाईलन प्रतिस्पर्धा भने टोकियोमा एक भव्य कार्यक्रमका बीच हुने पूर्वी नेपाल विकास सहकार्य केन्द्रका कार्यवाहक अध्यक्ष भूपी गोविन्द श्रेष्ठले  जानकारी दिए। आगामी अगष्ट २७ तारिक आईतबारका दिन टोकियो नाकानो जिरो हलमा आयोजना हुने प्रतिस्पर्धामा सहभागिताका लागि खुल्ला आवेदन दिन सकिने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागिताका लागि जापानवासी नेपाली मध्ये हरेक उमेर समुहले कुनैपनि नेपाली गीतमा नाचेको भिडियो पठाउनु पर्नेछ। नि:शुल्क सहभागिता रहेको कार्यक्रमका लागि आगामी जुन ७ देखि जुलाई ५ तारिकसम्ममा नामदर्ता गरिसक्नु पर्नेछ। सहभागि जनाउन चाहने प्रतियोगिले भिडियोसंगै व्यक्तिगत विवरण समेत उठाउनु पर्नेछ।

प्रतियोगिले पठाएको भिडियोको आधारमा निर्णायकहरुले उत्कृष्ट दशजनालाई फाईलन राउण्डमा समावेश गर्नेछन। फाईनलमा भने सहभागिले स्टेज सो मार्फत उपाधि जित्ने अवसर पाउने प्रतियोगिता संयोजक सुशिला प्रसाईले जानकारी दिनुभयो।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.