टोकियो ब्रदर्सको आयोजनामा तेस्रो गुर्खाली कप फुटसल

Everest Fuji News २०७४ असार १३ मा प्रकाशित       Published at 2017 Jun 27


विगतका वर्षहरुमा झै यस वर्ष पनि जापानमा रहेर क्रियाशील फुटवल समुह टोकियो ब्रदर्सले तेस्रो गुर्खाली कप फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ।फेसबुक मार्फत जानकारी दिदै टोकियो ब्रदर्सका अध्यक्ष श्री सचिन श्रेष्ठ ज्युले जुलाई ३० तारिखका दिन टोकियो हाचिओजी फुटसल मैदानमा आयोजना गरिने प्रतियोगिताको सबै आन्तरिक तयारी सकिएको बताउनु भएको छ। दुई लाख बाईस हजार दुई सय दुई ऐन प्रथम पुरस्कार राशी तोकिएको उक्त प्रतियोगितामा दोस्रो हुनेले एक लाख एघार हजार एघार सय एघार ऐन प्राप्त गर्ने छ।साथै अन्य व्यक्तिगत विधामा उत्कृष्ट हुनेहरुलाई पनि नगद पुरस्कार सहित सम्मान गरिने जानकारी अध्यक्ष श्रेष्ठले स्टिम न्युज संग को कुराकानीमा जानकारी गराउनु भएको हो।गत वर्ष सेभेन ए साईड प्रतियोगिता आयोजना गरेको टोकियो ब्रदर्सले यो वर्ष मैदान अभावका कारण सेभेन ए साईड प्रतियोगिता गर्न असमर्थ रहेको जानकारी पनि उहाँले हामीलाई दिनु भएको छ। डिफेन्डिगं च्याम्पियन टोकियो ब्रदर्स आफै भएको ले यो वर्ष पनि उपाधी रक्षा गर्न आफुहरु आतुर रहेको टोकियो ब्रदर्सका उप-कप्तान गणेश क्षेत्रीले बताउनु भएको छ।जापान मा आउने नेपालीहरुको संख्या बढे संगै उत्कृष्ट खेलाडी र टिमहरु पनि बढेको भएतापनि यसपाली पनि आफ्नो टिमको पहिलो लक्ष्य उपाधी नै रहेको जानकारी उप-कप्तान क्षेत्रीले हामीलाई दिए। साथै यो वर्ष पहिलो पटक टोकियो मा हुने प्रतियोगिताको लागी टोकियो वाहिरका दुई ठुला शहर नागोया र फुकुओका बाट पनि नेपालीहरुको फुटसल टिमले सहभागिता जनाउन आउने जानकारी क्लबका अध्यक्ष सचिन श्रेष्ठले हामीलाई बताउनु भएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.