
जापानको निम्ती नेपाली राजदुतमा नियुक्त भएकी प्रतिभा राणालाई महिला समुह जापानले स्वागत गर्ने भएको छ । राजदुतको सफल कार्यकालको कामना र नेपालिहरुको हितको निम्ती विभिन्न कामहरु गर्न अनुरोध समेत गरिने उक्त कार्यक्रममा सम्पुर्ण जापानबासी नेपालीलाई उपस्थितिको निम्ती अनुरोध गरिएको छ । जापानमा पहिलोपटक महिला राजदुत नियुक्त भएकोले आफुहरु खुशी भएको जनाउदै टोकियो शिन-ओकुबोको सोलमारी रेष्टुरेण्टमा कार्यक्रम गर्न लागिएको र जुलाई २ तारिकका दिन दिउसो १ बजेदेखी कार्यक्रम सुरु हुने सम्योजक कमला काप्रीले जानकारी दिएकी छिन । महिला समुह जापानले यसअघी नारी दिवसको अवसरमा पनि एक कार्यक्रम गरेको थियो ।