
मुराकामी दाइगाक्को ( विस्व विद्द्यालय) मा अध्ययनरत विद्द्यार्थीहरुद्वारा कालिकोट निवासी ' मनसरा लुवार बचाउ ' अभियानलाई आर्थिक सहयोग गरेका छन ।
सो विस्व बिद्द्यालयमा अध्ययनरत कृष्ण शाहीको पहलमा रकम सँकलन गरिएको २० हजार जापानी एन एभरेष्ट फुजी न्युज डट कम तथा एभरेष्ट फुजी डाइनिङ्की सन्चालिका प्रेमिला गौचनलाई एकमुष्ट हस्तातरण गरे । जसमा सन्चालिका गौचनले १० हजार थप गरी जम्मा ३० हजार जापानी एन ( करिब रु ३० हजार ) नेपाल पठाएको छ ।
प्रकाश श्रेष्ठ , कृष्ण शाही , अदिश कोइराला र सन्तोष भण्डारीले संयुक्त हस्तातरण गर्दै भने "यद्दपी जापानमा हामी विद्द्यार्थीहरुका पनि विविध समस्याहरु छन , हामीमा जे जस्तो बिते पनि मनसरा बहिनी एक नाबालिका भइकन पनि उनी भविस्यको कर्णधार भएकोले मानविय हिसाबले सहयोग गरेका हौ । "
स्रोतका अनुसार समाज सेवी निरा उपाध्यायको पहलमा पनि सहयोग रकम सन्कलित भई रहेको जनाएको छ ।
कालिकोट जिल्लाको रास्कोट नगरपालिका–७ का रने लुवारको चार वर्षीया छोरी मनसरा लुवारको दायाँ आँखा विस्फोट भएको थियो । गत फागुनमा पानीको नहरमा लडेर सामान्य चोट लागेको मनसराको आँखाको उपचार आर्थिक अभावका कारण ढिलाई भएकोले उपचारकै सिलसिलामा रहेको बेला आँखाको नानी समेत फुटेर बाहिर निक्लिएको हो । चिकित्सकका अनुसार यो घटनालाई मेडिकल ब्लास्ट भएको बताएका छन् । आँखाको नानीमा क्यान्सर भएपछि विस्फोटको तहमा पुगेको चिकित्सकको भनाई छ । विस्फोटपछि आँखाको बाहिरी भागमा झण्डै आधा केजीको वस्तु झुण्डिएको छ । बालिकाको स्वास्थ्यावस्था अहिले गम्भीर रहेको छ ।
छिमेकी कालिबहादुर महतारा लगायतले उपचारका लागी टीचिंग अस्पताल मा ल्याएका थिए ।
विहीवार सो सन्कलित रकम कृष्ण शाही र प्रेमिला गौचनको पहलमा क्योदाइ रेमिट्द्वारा नेपाल को ग्लोबल आईएमई बैंक मार्फत मनसराका अभिवावकको नाममा पठाएको छ ।