एन आर एन कान्साइद्वारा निर्वाचन को सुचना सार्वजनिक

Everest Fuji News २०७४ असार ४ मा प्रकाशित       Published at 2017 Jun 18


गैर आवासीय नेपाली संघ जापान कान्साई क्षेत्रीय समितिले एन आर एन कान्साइको आगामी कार्यकाल २०१७ देखी २०१९ को नेतृत्व चयनका लागि निर्वाचन को सुचना सार्वजनिक गरेको छ । गैर आवासीय नेपाली संघ जापान कान्साई क्षेत्रीय समिति,निर्बाचन समिति २०१७ को सूचना जस्ताको त्यस्तै :

गैर आवासीय नेपाली संघ जापान कान्साई क्षेत्रीय समितिको उम्मेदवारी दिन चाहनुहुने महानुभाब हरुले एन.आर.एन कान्साइको उम्मेदवारी फारम भरि निर्बाचन समितिले तोके बमोजिम आचारसंहिता र कार्यविधि पालना गरि उम्मेदवारी दिनुहुन अनुरोध गर्दछौ । यस संघको मिति २०१७/०५/२५ तारिक बसेको कार्यसमितिको बैठकले निर्णय गरि बनाएको निर्बाचन समिति निम्न बमोजिम छ । नरेन्द्र बस्नेत (दिनेश), निर्बाचन समिति संयोजक तुलसी राम खरेल, निर्बाचन समिति सदस्य आत्मराम शर्मा, निर्बाचन समिति सदस्य हरिराज ढकाल, निर्बाचन समिति सदस्य नारायण के.सी स्टेभेन्स , निर्बाचन समिति सदस्य निर्बाचनमा राष्ट्रिय समन्वय परिषद्को घटीमा एक जना प्रतिनिधिको पर्यबेक्षकको रुपमा उपस्थिति हुनेछन। निर्बाचन समितिले संघको हालको बिधान र नियमवालिहरुको अधिनमा रही संघले दिएको अधिकार प्रयोग गर्दै संघको कार्यकारी परिषद्को निर्बाचन सम्बन्धि यो सार्बजनिक सूचना पहिलो पटक मिति २०१७/०६/१८ का दिन प्रकाशीत गरिएको छ ।यस निर्बाचन समितिको निर्बाचन सम्बन्धि आचारसंहिता र कार्यविधि निम्नानुसार तोकिए बमोजिम हुनेछ । अधिबेसन तथा निर्बाचन हुने स्थान र समय: मिति २०१७/०७/१० तारिक सोमबार १४:०० बजे बाट मिनातो कुमिन सेन्टर बेन्तेंचो निर्बाचन हुने पद संख्या र उम्मेदवारी शुल्क १. संयोजक १ पद ३०,००० येन २. उपसंयोजक २ पद एक जनाको २५,००० येन ३. सचिब/कोसाध्यक्ष १/१ पद २०,००० येन ४,सहसचिब १ पद १५,००० येन ६.सदस्य ७ पद १०,००० येन प्रति व्यक्ति संघको बिधान अनुसार संयोजकमा उम्मेदवारी दिनको लागि यस चालु बर्षको संघको पंजीकृत सदस्य अनिबार्य हुने पर्ने साथै क्षेत्र अथवा केन्द्रको कुनै पदमा रहेर एक कार्यकाल पुरा गरेको हुनुपर्छ भने अन्य पदको हकमा हरेक पंजीकृत सदस्यले खुल्ला प्रतिस्पर्ध गर्न पाउनेछन । माथि उल्लेखित कुनै पद हरुमा उम्मदवारी दिनको लागि संघको बिधान र प्रचलित कानुन अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले २०१७/०७ /०३ तारिक भित्र आफ्नो उम्मेदवारी पठाई सक्नु पर्नेछ । उम्मेदवारी पत्रको ढाचा एन.आर.एन कान्साइको फेसबुक अथवा विभिन्न मेडिया हरु मार्फत पनि उपलब्ध छ । फेसबुक अथवा मिडियामा उपलब्ध आबेदन पत्र भरेर अथवा त्यस्तै ढाचामा आफैले लेखेर पठाउन सकिनेछ । आबेदनमा उम्मेदवारको नाम,ठेगाना,सम्पर्क नम्बर आफ्नो एन.आर.एन कार्डको परिचय पत्र नम्बर,उम्मेदवारी दिएको पद दस्तखत र तोकिएको शुल्क एन.आरएन कान्साइको जापान पोस्ट को खाता १४१३०-०४०६४०३१ मा राखी त्यसको स्लिप संगै पठाउनु पर्नेछ । आबेदन पत्र तोकिएको शुल्क राखेको प्रमाण को कागज सहित एन.आर.एन कान्साइको फेसबुक को मेसेन्जर म्यासेज बक्समा पठाउनु पर्नेछ ।(गोपनियताको लागि) कुनै पनि पदमा आबस्यक संख्या भन्दा बढी उम्मेदवारी आएमा सल्लाह र सहमति अनुसार निर्बाचन समितिले तोकेको मिति र समयभित्र कसैले आफ्नो उम्मेदवारी फिर्ता लिएमा त्यो व्यक्तिको उम्मेदवारी शुल्क फिर्ता गरिनेछ । यदि भोटिंग भएको खण्डमा अथवा निर्बाचन समितिले तोकेको समय भित्र उम्मेदवारी फिर्ता नलिएमा दाखिला गरिएको रकम फिर्ता गरिनेछैन । उम्मेदवारहरुको नामावली प्रकाशन निर्बाचन समितिले २०१७/०७/०५ भित्र गर्नेछ । उम्मेदवारी फिर्ता लिने समय निर्बाचन समितिले पछि तोक्नेछ । उम्मेदवारहरुको नामावली माथि दावा बिरोध को समय निर्बाचन समितिले पछि तोक्नेछ । निर्बाचन समितिले सक्दो सहमतीय प्रणालीमा सौहाद्रपूर्ण वाताबरणमा कार्यसमिति चयनको सक्दो प्रयास गर्नेछ तथापी सहमति नभएको खण्डमा चलन चल्तीको गोप्य मतदान बाट कार्यसमितिको निर्क्योल गरिनेछ । कुनै पनि पदमा आबस्यक भन्दा बढी उम्मेदवारी नपरेमा सो पदमा मतदान नगरी निर्बिरोध निर्बाचित भएको घोषणा गरिनेछ भने निर्बाचन भएको अबस्थामा धेरै मत प्राप्त उम्मेदवार लाइ बिजय भएको घोषणा गरिनेछ । मतदाता ले आफ्नो परिचयपत्र अनिबार्य देखाउनु पर्नेछ भने संघको सदस्यता नामावली संग परिचय पत्रको नामावली नमिलेमा मतदान गर्न दिइनेछैन । संघको बिधानरत कुनै पंजीकृत सदस्य बिशेष कारणले उपस्थीत हुन नसकेको अबस्थामाअर्को पंजीकृत सदस्य लाइ आफ्नो मत हाल्नको लागि अधिकार नाम दिएर मत हाल्न पठाउन सक्नेछ,अधिकार नाम लिएर आउने सदस्यले आफ्नो र अर्को एक जना भन्दा बढी सदस्यको मत हाल्न पाउने छैन,अधिकारनामा पठाउनेले आफ्नो एनआरएन कार्डको नम्बर र परिचय पत्रको कपि पेश गर्नु पर्नेछ । अधिबेसन तथा निर्बाचन स्थलमा कुनै पनि उम्मेदवारले अथवा निजका सहयोगी हरुले निर्बाचनको प्रचार प्रसार पम्पेल्टिंग इत्यादी गर्न पाउने छैन । निर्बाचन स्थल अथवा अधिबेसन स्थल वरपर कसैले अप्रिय बातवरण सृजना गर्न खोज्ने बिशेष गरि उम्मदेवार हरुले असामनजस्यको स्थिति पैदा गर्न खोज्ने लगायत को उच्श्रिङ्खल कार्यमा समलग्नता भएको अथवा गरिएको पाइएमा निर्बाचन समितिले निजको उम्मेवारी खारेजी समेत गर्न सक्नेछ । निर्बाचन भएको खण्डमा निर्बाचन सकिएको केहि समयमा मतगणना प्रक्रिया सुरु गरिनेछ भने मतगणना सकिने बित्तिकै निर्बाचन समिति संयोजकले परिणाम घोसणा गर्नुहुनेछ.परिणामको घोसणा पछि निर्बाचन समितिले नया कार्यसमितिको सफत ग्रहण गराई पदभार सुम्पनेछ । निर्बाचन सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार निर्बाचन समिति संग निहित रहनेछ । निर्बाचन सम्बन्धि सूचना, दस्ताबेज आदि गोप्य राख्नुपर्ने समय र बिषयमा सार्बजनिक गर्न वा कसैलाई जानकारी दिन निर्बाचन समिति बाध्य हुने छैन । निर्बाचन समति थप वा अन्य जानकारी राख्नु परेमा निर्बाचन समितिका संयोजक तथा सदस्य हरु अथवा एन.आर.एन कान्साइको फेसबुक मेसेन्जर मार्फत जिज्ञासा राख्न सक्नुहुनेछ । संसारभर छरिएर रहेका सम्पूर्ण नेपाली हरुको प्रतिनिधित्त्वो गर्ने एक मात्र संस्था एन.आर.एन.ए अन्तर्गत एन.आर.एन जापान कान्साई क्षेत्रको निर्बाचन निष्पक्ष, बैधानिक,उत्साहपुर्बक वातावरणमा सम्पन्न गर्न निर्बाचन समिति कुनै पनि किसिमको कसुर नराख्ने प्रतिबद्दता ब्यक्त गर्दछ,साथै कान्साईबासी नेपाली हरुको भाइचारा लाइ कायम गर्दै यो सामाजिक अभियानको अर्को खुड्किलो लाइ सफलताको साथ् सम्पन्न गराउनको लागि सहयोग गर्न सम्पूर्ण कान्साईबासि नेपाली हरुलाई अपिल पनि गर्दछ । नरेन्द्र बस्नेत (दिनेश) एन.आर.एन कान्साई निर्बाचन समिति संयोजक तथा निर्बाचन समिति गैर्ह-आवासीय-नेपाली-संघ-कान्साई क्षत्रिय समिति


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.