
थकाली सेवा समिति जापानद्धारा बिगत लामो बर्ष देखी आयोजना गर्दै आइरहेको समर वार्वेक्यु (बनभोज) कार्यक्रम, यस बर्ष जुलाई १६ तारिख आईतबारका दिनमा गरिने जनाईएको छ ।
आयोजकको तर्फबाट संयोजक अनिल भट्टचनद्धारा बिज्ञप्ति जारि गर्दै आईतबार जुलाई १६ मा हुन गईरहेको उत्त वार्वेक्यु कार्यक्रम, टोक्योको सिनकिबा स्टेशनको तोरिचु युमेनोसिमा कोएन नामक वार्वेक्यु स्थलमा बिहानको १०:०० बजे देखी बेलुकाको ३:३० बजे सम्म आयोजना गरिने बताउनु भएको छ ।
संस्थाका अध्यक्ष बुद्धि गौचनले, बिगतका बर्षहरुमा झैं यस बर्ष पनि सिनाकिबा स्थित मनोरम दृष्यालोवकन संगै हरियाली वार्वेक्यु स्पटमा अति नै गुणस्तरिय र उत्कृष्ठ मासुको परिकार तथा भरपुर पेय पदार्थ एवं विविध मनोरञ्जनात्मक कार्यक्रमका साथ आम जापानबासी सम्पुर्ण महानुभावहरुलाई हार्दिक निमन्त्रणा गर्नुभएको छ ।