
अक्टोबरमा नेपालमा हुने एन.आर.एन.ए को सम्मेलन नजिकिदै गर्दा एन.आर.एन को हरेक देशमा चुनाबी गर्मि बढ्दै गएको छ,सोहि क्रममा एन.आर.एन जापान कान्साई क्षेत्रीय समितिको अधिबेसन तथा आबस्यकता परेमा निर्बाचन यहि जुलाई १० तारिकका दिन ओसाकाको मिनातो कुमिन सेन्टर बेन्तेंचोमा गरिने जानकारी प्राप्त भएको छ| एन.आर.एन कान्साइको जुन २५ मा बसेको बैठकले अधिबेसन को मिति तय गर्दै नरेन्द्र बस्नेत(दिनेश)को सम्योजकत्त्वोमा पाँच सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ जसमा तुलसी राम खरेल,हरिराज ढकाल,आत्माराम शर्मा,नारायण केसी स्टेभेन्स हुनु हुन्छ|
संस्थाको जानकारी अनुसार निर्वाचन कमिटिले काम सुरु गरिसकेको र चाडै नै उम्मेदवारी आब्हान गरिने कुरा जानकारी प्राप्त भएको छ|
चुनाबी गर्मि बढे संगै नेत्रित्वोको आकांक्षी हरु पनि आफ्नो आफ्नो तरिकाले लबिङ्ग मा लागेको बुझ्नमा आएको छ|
कान्साइमा यसपाली हाल सम्मकै सबै भन्दा बढी आकांक्षी हरु देखिएका छन् जस मध्ये संयोजकको लागि हाल सम्म ४ जना र सबै भन्दा बढी कोसाध्यक्ष को लागि पाँच जनाको नाम हरु चर्चामा आउन थालेको छ|
निर्वाचन समितिले अधिकारिक उम्मेदवारी आब्हान गरिसके पछि बिधान को परिधि भित्र कति पर्छन कति पर्दैनन् भन्ने कुरा को लागि केहि दिन कुर्ने पर्ने भएको छ|