एनएचके टेलिभिजनले ७ तारिक नेपालबारे विशेष कार्यक्रम देखाउने-

Everest Fuji News २०७४ जेठ २३ मा प्रकाशित       Published at 2017 Jun 06


विश्वमा चर्चित कलाकार पिको तारो लगायतका प्रख्यात कलाकारहरुको सहभागितामा जापानको राष्ट्रिय टेलिभिजन एनएचकेले नेपालबारे विशेष कार्यक्रम प्रशारण गर्ने भएको छ। भोली जुन ७ तारिक बुधबार मध्यान्ह १२ बजेको समाचार पश्चात ३० मिनेटको प्रत्यक्ष प्रसारण कार्यक्रममा नेपाल र नेपाली कला संस्कृतिबारे प्रशारण गर्ने भएको छ। नेपाली पञ्चेबाजाको विशेष धुनबाट एनएचकेले कार्यक्रम शुरु गर्नेछ। कार्यक्रममा नेपाल चिनाउने नेपाली खाना, नेपाली पोशाक, नेपाली संचारमाध्यम, नेपाली रीतिरिवाज लगायत जापानीबासी नेपालीहरुको सकरात्मक विषयहरुलाई समेटिने छ। जापानमा सर्वाधिक हेरिने एनएचकेले पहिलो पटक ३० मिनेटको प्रत्यक्ष प्रशारण कार्यक्रमले नेपालको पर्यटन प्रवर्धन सहित जापानीहरूले नेपाल र नेपाली प्रतिको हेराईमा सकारात्मक प्रभाव पार्ने कार्यक्रमका संयोजक तथा जापानी टेलिभिजनमा समाचार विश्लेषकको रुपमा कार्यरत सञ्चारकर्मी जिज्ञान कुमार थापाले जानकारी दिनुभयो । थापाका अनुसार लोकतन्त्र प्राप्ति तथा विनासकारी भूकम्प आएको बेलामा एनएचक्ले नेपालबाट छोटो समयको विशेष लाइभ प्रशाररण दिएको थियो। नेपालबारे प्रत्यक्ष प्रशारण गर्न लागेको यो सबैभन्दा लामो कार्यक्रम हो।  


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.