जापान आएको पाँच महिनापछि मुखको क्यान्सर भएपछि खेमराज भट्टले आफूलाई बचाउन सहयोगका लागि आग्रह गरेका छन् ।
श्रीकेदार गाविस वडा नं. ७ पिपल कोट बैतडी घर भएका भट्टको एक पटक दाँत, गिजा र घाँटिको अप्रेसन भैसकेको छ ।
निशी योमोरी अस्पतालमा चेकअप गर्दा क्यान्सरको चार स्टेप पुगिसकेको भन्दै त्यहाँबाट नेशनल क्यान्सर सेन्टरमा रिफर गरीएको पीडित भट्टले जानकारी दिएका छन् । क्यान्सरको अप्रेसन सकिएपछि डिस्चार्ज भएका भट्टलाई पुनः समस्या देखिएपछि अर्को अप्रेशन गर्नुपर्ने बताइएको छ ।
तर आर्थिक अवस्था कमजोर भएकोले दोस्रो अप्रेसनका लागि आफूसँग आर्थिक रकम नभएको भन्दै भट्टले जापानबासी नेपालीहरुलाई सहयोगको लागि आग्रह गरेका छन् । विरामी तथा आर्थिक अवस्था कमजोर भएका खेमराजलाई सहयोग गर्न चाहने सहयोगी दाताले उनको पोस्ट बैक खाता नम्वर १०१५०-९८९१४७०१मा सहयोग गर्न तथा उनलाई भेटन ०८०९३७४३४८४ अथवा ०८०६६१५३४४४ मा सम्पर्क गर्न को लागी जापानबासी नेपालीहरुलााई अनुरोध गरेका छन।