दिपेन्द्र-देवयानीको प्रेमकथामा दरवार हत्याकाण्डको फिल्म बन्ने

Everest Fuji News २०७४ जेठ १७ मा प्रकाशित       Published at 2017 May 31


दरबार हत्याकाण्डपछि अर्द्धमृत अवस्थामै नेपालको १३ औं राजा बनाइएका पूर्वराजा दिपेन्द्र वीरविक्रम शाह तथा शाहकि प्रेमिका देवयानी राणाको प्रेमकथामा आधारित चलचित्र बन्ने भएको छ।प्रेमसम्वन्धलाई विवाहमा परिणत गर्न नसकेकै कारण दिपेन्द्रले दरबार हत्याकाण्ड मच्चाएको दरबार निकट सूत्रहरुले दाबी गरिरहेका बेला चलचित्र बन्न लागेको हो।दिपेन्द्रको २१ जेठ, २०५८ सालमा २९ वर्षको उमेरमा मृत्यु भएको थियो।
राप्रपाका नेता पशुपति शम्शेर राणाकी छोरी देवयानीसँग दिपेन्द्रको लामो प्रेमसम्बन्ध रहेपनि ऐश्वर्या राज्यलक्ष्मी शाह यो प्रेमविरुद्ध भएकै कारण दिपेन्द्रले आफ्नो वंश नाश गर्न पुगेको बताइन्छ।राजदरबारका पूर्वसचिव विवेकुमार शाहले लेखेको किताब ‘मैले देखेको दरबार’ मा आधारित रहेर आशुषेन फिल्मस् को ब्यानरमा ‘दिपेन्द्र सरकार’ निर्माण गरिन लागेको बुधबार काठमान्डौमा पत्रकार सम्मेलनगरि जानाकारी दिइएको हो। दीपेन्द्र सरकारका निर्माता सन्तोष सेनले यो चलचित्रको बजेट ५ करोड ५० लाख रहने बताए ।चलचित्रको प्रदर्शन मिति राजदरबार हत्याकाण्ड भएको दिन वि.सं २०७५ को जेठ १९ गतेलाई तोकिएको छ।नेपाल, बेलायत र अमेरिकामा छायांकन हुने भनिएको यो चलचित्रका निर्देशक र अन्य कलाकार केही दिनमै सार्वजनिक गरिनेछ।‘दीपेन्द्र सरकार’ का नायक प्रदिप खड्का पत्रकार सम्मेलनमा दिपेन्द्रको चरित्रमा आफुलाई ढल्नका लागि लागि राजाको भेषमा पुगेका थिए।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.